अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

स्थानीय निर्वाचनको मिति घोषणा गरेको विरोधमा मधेश बन्द र तोडफोड

बिआरटीनेपाल २०७३ फागुन ११ गते ४:५४ मा प्रकाशित

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा आज मधेस बन्द गर्नुका साथै प्रदर्शन समेत गरेको छ । संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेर सरकारले आफूहलाई धोका दिएको भन्दै मोर्चाले मधेस बन्दको आह्वान गरेको हो ।

प्रदर्शनमा उत्रिएका मोर्चाको नेता तथा कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै राजविराज नगरपालिकामा तोडफोड गरेका छन् साथै जनकपुरस्थित एमालेका नेता रघुवीर महासेठको घरमा समेत ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।

नेता महासेठको घरमा तोडफोड भएपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा भएको झडपमा परी मोर्चाका दुई कार्यकर्ता घाइते भएका छन् ।घाइते हुनेमा सद्भावा पार्टीका राजु साह र कुलदिप साह रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ ।

बन्दका कारण सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीको सवारी साधन आज दिनभरी चलन सकेनन् भने शिक्षण संस्था, कलकारखाना, उद्योग, बजार, पसलसमेत बन्द रहे ।
तयस्तै मधेसी दल निकट विद्यार्थी मोर्चाले जनकपुरका क्याम्पसमा तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू