अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

नातिकाजी राष्ट्रिय संगीत सम्मानद्वारा १४ सँगीतकर्मी सम्मानित

बिआरटीनेपाल २०७३ फागुन १० गते २०:२४ मा प्रकाशित

दिवँगत अग्रज संगीतकार नातिकाजी श्रेष्ठले ९२ औं जन्मजयन्तीको अबसरमा १४ जना संगीतकर्मीहरुलाई नातिकाजी सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति बिद्यदेबी भण्डारीले मँगलबार महाराजगञ्ज स्थित आफ्नै निवासमा नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यलाई २० हजार एक सय एक रुपैयाँ सहित नातिकाजी राष्ट्रिय बिशिष्ट सम्मान–२०७३ प्रदान गरे । सोही कार्यक्रममा राष्ट्रपति भण्डारीले संगीतकर्मीहरु कल्याण रिमाल, उर्मिला श्रेष्ठ, दीपक खरेल र ध्रुबेशचन्द्र रेग्मीलाई नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७३ प्रदान गरिन् ।

राष्ट्रपति भण्डारीले समाजका तर्फबाट जनही ११ हजार एक सय ११ रुपैयाँ सहितको ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७३’ गीतकार रमण घिमिरे, सँगीतकार टिका भण्डारी, अमुल कार्की ढली, आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका देबिका बन्दना प्रधानलाई प्रदान गरिन् ।

बिदेशमा रहेर पनि नेपाली सँगीतमा योगदान पु¥याएको भन्दै एनआरएन चीनका डा. कल्याणराज शर्मा, एनआरएन जापानका चिरञ्जिबी थापा र डण्डपाणी कँडेल ‘डि.बि.’लाई नातिकाजी स्मृति समाज योगदान सम्मान–२०७३ प्रदान गरियो ।

राष्ट्रपति भण्डारीले पुस्कृति श्रष्टालाई बधाई दिँदै विभिन्न राष्ट्रिय, लोक तथा सुगम गीतसँगीत सृजना गरेर गायक तथा संगीतकार नातिकाजीले नेपाललाई ठुलो गुण लगाएको बताईन् । बिधालय तथा विश्वविधालयका पाठ्यकममा नेपाली कला, संगीत, संस्कृतिलाई समेट्नु पर्ने राष्ट्रपति भण्डारीको भनाई थियो ।

नातिकाजी स्मृति समाजका अध्यक्ष एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले नेपाली संगीत क्षेत्रमा अतुलनीय योगदान पु¥याएकाले सँगीतकर्मीलाई नाजिकाजी स्मृति समाजले सम्मानित तथा पुरस्कृति गरेको बताए । थुप्रै सँगीतकर्मीहरु अहिले गँभिर बिरामी रहेकाले उनीहरुको उपचारमा सरकारले सहयोग गर्नु पर्ने भनाई अध्यक्ष बासकोटाले कार्यक्रममा राखे । राष्ट्रप्रमुखको बिदेशमा हुने भ्रमणमा नेपाली कलाकारहरुलाई लैजाँनु पने पनि उनले राष्ट्रपति भण्डारीलाई स्मरण गराए ।

सम्मानित श्रष्टाबाट गीतकार रमण घिमिरेले नेपाली संगीत क्षेत्रमा पु¥याएको योदानबारे चर्चा गरे । गीतकार बिश्वम्भर प्याकु¥यारेलले संगीतकार नातिकाजी श्रेष्ठका बारे थप प्रकाश पारे ।

कार्यक्रम गायक रामकृष्ण ढकाल र गायिका देविका बन्दना प्रधानले नातिकाजीका गीत गाएका थिए । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, सदस्य सचिब गणेश रसिक, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू