अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग

बिआरटीनेपाल २०७३ फागुन ९ गते १७:०४ मा प्रकाशित

रत्ननगर (चितवन), फागुन ९ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गर्नुभएको छ । पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आउनुभएका उहाँले आइतबार नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी रु एक लाख सहयोग गर्नुभएको हो । महायज्ञ परिसरमा उहाँले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दु धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गर्नुभएको मूल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जानकारी दिनुभयो ।

पत्रकारले सोधेको एक प्रश्नमा पूर्वराजा शाहले भन्नुभयो, “हिन्दु राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ ।” महायज्ञमा पूर्वराजा र पूर्वरानी कोमललाई सर्वसाधारणले स्वागत गरेका थिए ।
शनिवार कोमलको जन्मोत्सव पश्चिम चितवनको बाराही रिसोर्टमा मनाइएको पूर्वराजाका निजी सचिव सागर तिमिल्सिनाले बताउनुभयो । गौ सेवाकोष स्थापनार्थ हिन्दु ओमकार भोलिन्टियर्सद्वारा फागुन ३ बाट सुरु भएको महायज्ञ शिवरात्रिका दिन फागुन १३ गतेसम्म चल्नेछ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू