अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

कतारमा एक नेपालीको मृत्यु

बिआरटीनेपाल २०७३ फागुन ९ गते १०:०१ मा प्रकाशित

राजविराज, फागुन ९ गते । वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ ।

टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडाँैबाट रोजगारीका लागि कतारमा सरदार राजमिस्त्रीको काम गर्दै आएका थिए । मृतक सरदारको पत्नी, एक छोरा र एक छोरी छन् । यसैबिच मृतक सरदारको शव नेपाल ल्याइदिनका लागि उनका परिवारले सम्बन्धित निकाय र सरकारलाई आग्रह गरेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू