अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

जन सम्पर्कको एकता कायमै राखौं – रबिन बज्राचार्य

बिआरटीनेपाल २०७३ फागुन ८ गते २२:३७ मा प्रकाशित

जय नेपाल मित्र हो! आउनुहोस हामी सबै मिलेर एक पटक नेपाली हरुको आराध्य देवता पशुपति नाथसंग प्रार्थना गरौँ, हुनत शिव रात्रि पनि आउँदैछ, त्यसैले शिवजी सँग प्रार्थना गरेर हाम्रा अमेरिका बासी प्रिय एवं आदरणीय जनसम्पर्कका अग्रनी भनाउँदा दाजुहरुको गिदी भित्र बुद्धि भरि दिनुस, प्रज्ञा भरिदिनुस, धैर्यता भरि दिनुस अनि त्यसि टाउको भित्र यता कता लुकेर बसेको अहमता, बाल बुध्दि बैमनस्यता र कुटिलता निकालि दिनुस भनेर आशिष् मागौं।

स्मरण रहोस् हामी विश्वको सबै भन्दा प्रजातान्त्रिक मुलुक अमेरिकामा निर्बास्त छौँ। यहाँ प्रजातन्त्र र विधिको विधान चल्छ। यही देशमा गन्तिमा करिब २० लाख भोट ल्याएको व्यक्तिले विधान पूर्वक राज्य सत्ता चलाउँदै छ। हामी नेपाली काँग्रेसका सन्ततिहरु, प्रजातन्त्रका मसिहाहरु किन प्रदातन्त्रलाई अमेरिका बसेर पालना गर्न नसकिरहेका छौँ ?

हामीमा त्यस्तो के चिजको कमी छ, हामी कता कमजोर छौ? किन हामीले विधि पूर्वक चुनिएको कार्य समितिलाई काम गर्नबाट बारबार रुकावट सृजना गर्दै आएका छौँ? हामी संसारका सामु हाँसो कारण बनेर आइ रहेका छौँ। हिजो महाधिवेशन प्रतिनिधिको कारण लफडा, आखिर सिट बाँजेर दिएकै होत, होइन र ? तर दुई जनाले झ्याप पारे पछि?

विधिवत निर्वाचित कार्य समितिले काम गर्न पाउनु पर्छ भनेर अरू संध संस्थाहरूलाई लिएर भन्दै आउनु भएका मित्रहरूलाई आफ्नै सङ्गठन भित्र बिधिवत निर्वाचित समितिलाई कार्य सम्पादन गर्ने बाटोमा किन टगारो हाल्छ? मेल मिलापरो नाममा पदहरु पनि नांग्ला मा राखेर वितरण गरिएकै हो, सबैले बुझेकै छ, देखेकै कुरा हो।

चुनाव हुन करिब ४ महिना अगाडि एन आर एनले वार्षिक साधारण सभा गर्दा जनसम्पर्कका अधिकांश मित्रहरूको सवारी भएकै हो, त्यसै स्थलबाट एकता र मेल मिलाप गरेर एक भएको सन्देश बोकेर आउनु भएकै हो भने, हाल आएर आफ्नो कार्य समितिले च्याप्टरहरुसँग सल्लाह गरेर अधिवेशन गर्न लाग्दा केही साथीहरूको टाउको किन दुख्छ र किन राष्ट्रिय सम्मेलन गर्नु पर्ने बाध्यता आउँछ? वहाँहरु कुन औकाट र हैसियतमा सम्मेलन बोलाउँदै हुनु हुन्छ? कि वहाँहरुले जन सम्पर्क टुक्रा गरेरै समानान्तर सङ्गठन खोल्नु भएकै होत? हैन भने निर्वाचित कार्य समितिलाई मान्नै पर्छ। यदि काँग्रेसका सन्तान हौँ भने र प्रजातन्त्रका पक्षपाति छौ भनेर विधिलाई मानेर निर्वाचित कार्य समितिलाई काम गर्न दिन अनुरोघ गर्दछु। साथै निर्वाचित कार्य समितिलाई पनि यदि संस्थारो बदनाम हुने काम कसैले गरेको खण्डमा संस्थाको इज्जत कायम राख्न केही झारपातहरुलाई उखालेर फाली जन सम्पर्क रुपी हाम्रो साझा बगैचाको सुन्दरता कायमै राख्न अनुरोध गर्दछु।

अन्तमा नेपाली काँग्रेस केन्द्रीय समितिलाई जय नेपालको न्यानो अभिबादन तक्र्याउँदै विधि पुर्क निर्वाचित समितिलाई काम गर्ने माहोल कायम राख्नु हुन साथै कार्य समिति को आधिकारिक लेटर हेड दुरुपयोग गरी लेखिएर आएको पत्रलाई सिधै रद्दिमा फाल्नु हुनेछ भन्ने अपेक्षा गर्दछु। साधारण सभा साधारण सदस्यहरूको हक हो। यसलाई हुन दिनै पर्छ। बृहत् हित को लागी दुईचारवटा नोक्सान ब्यहोर्न हामी सदैव तयार रहनु पर्छ। जय नेपाल

प्रतिक्रिया