अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

युवा कवि, गजलकार र मुक्तककारको सम्झनामा ‘नोहन रसिक’

बिआरटीनेपाल २०७३ फागुन ८ गते २२:०९ मा प्रकाशित

जिन्दगीमा खस्ने डर मात्र बाकी रहन्छ।
जव समयले चुङ्गीलाई झै उफारी रहन्छ।

तारा बन्छन् मर्नेहरु भन्ने सुने देखी
उ बाबा भन्दै जुनकीरी समाति रहन्छ।

बच्चाहरु यसकारण निदाउन सकेकाछन्
धन्न कसौंडी पानी मात्रै नी उमाली रहन्छ।

एउटा फुल झर्यो मुस्कुराउन बिर्सेका कारण
यधपी उसको तस्वीर अझै पनि हाँसी रहन्छ।

यो गजल शनिवार डिल्लीरमण पुस्तकालय लाजिम्पाटको सभा हलमा कवि तथा गजलकार रसिक राजले वाचन गरे । सन्दर्भ थियो २०७३ माघ २२ गते निधन भएका कवि तथा संचारकर्मी नोहन रसिकको सम्झनामा आयोजित कार्यक्रम ।

लेकबेसी साहित्य संजालले आयोजना गरेको सम्झनामा नोहन रसिक विशेष रचना वाचनमा उपस्थित युवा कवि, गजलकार तथा मुक्तककारहरुले कतिपय आफ्ना रचनामा नोहन रसिकको निधनको पिडालाई पनि जोडेका थिए । गजलकार रसिक राज, राम अविरल विस्ट, बिलास रोकाय, महेश संघर्षले आफ्ना ४\४ गजल वाचन गरेको कार्यक्रममा कवि प्रकाश रम्घाली, अमृता स्मृति, हेमन्त शिशिर र सुदेश सत्यालले २\२वटा कविता सुनाएका थिए ।

त्यस्तै मुक्तकतर्फ मुक्तककार प्रान्जल, सबु आरोही,अजय अनमोल, प्रतीक्षा सस्मितले ६\६ मुक्तक वाचन गरेका थिए ।  कवि प्रभा भट्टराईको प्रमुख अतिथ्यता सम्पन्न कार्यक्रममा बरिस्ठ कवि तथा समिक्षक रमेश शुभेच्छुकको बिशिस्ट अतिथीमा रहेका थिए ।

नोहन रसिकको निधनले सिंगो साहित्य र संचार जगत नै स्तब्ध बनिरहको अवस्थामा उनको निधनको केही दिनमा नै पृथक र प्रभावशाली कार्यक्रम आयोजना गरिनु नोहन रसिकको निधनको पिडा साट्नु र उनको सम्मान गरिनु थियो भन्ने कुरा उपस्थितहरुको भिडले बताउँथ्यो । उनको निधन पछिको पहिलो कार्यक्रम भएकाले पनि उनको आत्माको चिर शान्तिको कामना स्वरुप नयाँ तथा पुराना साहित्यकार, साहित्य अनुरागी, नोहन रसिकका प्रशंशक तथा साथिभाईको उपस्थिती सभाहलको सिट क्षमता भन्दा बाहिर हुँदा उभिएरै उनको सम्झनामा राखिएको सृजना बाचनलाई उपस्थितहरुले साथ थिएका थिए ।

कार्यक्रम संचालनको जिम्मा लिएका पृय मिलनले कार्यक्रम अवधिभर बिच बिचमा नोहन रसिकका रचना बाचन गरेका थिए भने नोेहनले रेकर्डिङको निम्ति दिएको गजल शिवोम भन्डारीले कार्यक्रममा गाएर सुनाएका थिए ।

आयोजक लेकबेशीका सदस्य अशिम उदाशले नोहन रसिकको जिवनी तथा साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै उनीप्र्रति गहिरो श्रद्धाञ्जली ब्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिती सह प्राध्यापक तथा बरिस्ठ कवि प्रभा भट्टराईले पनि रसिकको कलिलै उमेरमा भएको निधनले साहित्य क्षेत्रमा क्षती पुगेको बताउँदै युवा पुस्ताको साहित्य प्रतिको जोस देखेर आफुलाई खुसी लागको बताईन् ।
 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू