अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको औपचारिक उम्मेद्वारीको घोषणा

बिआरटीनेपाल २०७३ फागुन ८ गते १९:५२ मा प्रकाशित

फेब्रुअरी १९ ,गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोर बाट विधिवत रूपमा औपचारिक घोषणा गरेकी छिन् l

डिसी महानगर क्षेत्रमा लामो समय देखि समाज सेवा तथा विभिन्न सङ्घ/संस्थामा संलग्न भई काम गरी सकेकी थापाले आगामी कार्यकाल २०१७ /२०१९ को लागि अध्यक्ष पदका लागि प्रत्याशी बन्दै उम्मेदवारी दिएकि हुन् l

बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना )को पूर्व अध्यक्ष तथा वर्तमान उपाध्यक्ष भई सफलता पूर्वक काम गरेकी थापाले अहिले सम्मको आफ्नो अनुभव र योगदानलाई निरन्तरता दिँदै सबैबाट प्राप्त सहयोग र सद्भाव अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको मन्तव्यको क्रममा बताएकी छिन् l 

थापाको औपचारिक उम्मेद्वारीको घोषणा कार्यक्रममा डीसीमहानगर क्षेत्रका समाज सेवी ,लब्ध प्रतिष्ठित व्यक्ति तथा सङ्घ/संस्थाका विभिन्न नेपाली समुदायले शुभकामना दिएका थिए l थापाले विधिवत उम्मेदवारी दिँदै आफ्नो घोषणा पत्र समेत जारी गरेकी छिन् l आफ्नो नेतृत्व कार्यकालमा एनआरएनए एनसीसी अमेरिका विश्वमा सबैभन्दा उत्कृष्ट दर्जाको एनसीसी हुने र यो मेरो सपना रहेको बताईन l

यसको साथै घोषणा पत्र विशिष्ट योजनाविद तथा एनआरएनए बिज्ञहरुको समेत परामर्शले तयार पारिएको बताइन l निर्वाचन पछि, कार्यसमितिको पहिलो बैठक मै प्रस्तुत गरी कार्यन्वयनको लागि अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेकी छिन् l

उनले संस्था तथा नेतृत्व विकासबारे चर्चा गर्दै आफ्नो नेतृत्व कार्यकालमा समितिका सदस्य ,शाखा , सल्लाहाकारहरुको आफ्नो क्षमता र जिम्मेवारी अनुसार सक्रियता हुने र सम्पूर्ण कुराहरू विधान, नीति, कानुन र नियम सङ्गत हुनेछन भनी विचार पोखिन l 

यसको साथै कोही पनि व्यक्ति अराजक र संस्थाको विपरीत जाने छैनन् भन्दै सदस्यता सबैले खोजी खोजी लिने अवस्थाको सृजना हुने छ भनी आफ्नो घोषणा पत्रमा उल्लेख गरेको बताइन l यसको साथै गैर आवासीय नेपाली सङ्घ अन्तऱराष्ट्रिय समन्वय परिषदसँग सत प्रतिशत रूपमा मापदण्डहरु पुरा गरेको एनसीसी हुनेछ। र उनले मन्तव्य कै क्रममा सन् २०१७ मै आइसीसीमा कम्तीमा पनि दुई वटा महत्त्वपूर्ण स्थान र २०१९ मा विशिष्ट श्रेणीको नेतृत्व दाबी गर्ने अवस्थाको नेतृत्व विकास (लिडर्शिप डेभलप) गरिने बताईन l

अमेरिकामा रहेका नेपाली समुदायहरूको लागि र मातृभूमि नेपालमा गरिने परियोजना गरी आफ्नो कार्यकालमा दुई खाले परियोजना हुने मन्तव्यमा राखिन । सम्पूर्ण परियोजना मध्ये ८० प्रतिशत चाँही अमेरिकामा रहेका नेपाली समुदायको हितमा गरिने बताईन l 

मन्तव्य कै क्रममा उनका घोषणा पत्र अनुसार व्यवस्थापन बारेमा चर्चा गर्दै हप्तामा ५ देखि ६ दिन सम्म दैनिक ८ घण्टा खोल्ने कार्यालय खोलिने बताइन l यसको साथै अन्य विषयहरू बारेमा व्यापार व्यवसाय ,लगानी प्रबर्द्धन, युवा, महिला ,खेलकुद विकास, जन स्वास्थ्य , कानुनी, प्राविधिक परियोजना, सदस्यहरूलाई सहयोग, लाभ ,आकस्मिक सेवा तथा नीतिगत व्यवस्थापनका साथै कुटनैतिक सम्बन्धको विकास गरिने बताइन l कार्यक्रममा प्रश्न उत्तर पनि राखिएको थियो l 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू