अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

राष्ट्रपतिको एशियन अमेरिकन आयोगका दश सदस्यद्वारा राजीनामा

बिआरटीनेपाल २०७३ फागुन ८ गते १९:४१ मा प्रकाशित

अमेरिका, १९ फेब्रुवरी । राष्ट्रपतिलाई सल्लाहा प्रदान गर्ने एशियन अमेरिकन आयोगका दश सदस्यद्वारा एसिए (ओबामा केयर), अमेरिका मेक्सिको बिचमा पर्खाल निर्माण र सेनचुअरी सिटिलाई कार्वाही गर्ने जस्ता नीतिहरुको विरोधमा राजीनामा दिएका छन् ।

आयोगको नीति नियमसंग वर्तमान राष्ट्रपतिको कार्वाही नमिल्ने हुँदा आफुहरुले राजीनामा दिएको आयोगका सदस्यहरूले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

आप्रवासी सम्बन्धी वर्तमान राष्ट्रपतिले चालेको कदम सही नभएको हुँदा सो को विरोधमा आफुहरुले राजीनामा दिएको आयोगको सदस्य संजिता प्रधानले बताइन । राजीनामा सम्बन्धमा राष्ट्रपतिको कार्यालयले सरकार परिवर्तन सँगै पूर्व सरकार द्वारा नियुक्त गरिएका सदस्यको राजीनामा र नयाँ सदस्यको नियुक्ति नियमित प्रक्रिया भएको बक्तब्य जारी गरेको छ । फायल फोटो

प्रतिक्रिया