अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

एमालेले सस्तो लोकप्रियताको लागि अनावश्यक बखेडा झिक्यो-वन मन्त्री भण्डारी

बिआरटीनेपाल २०७३ फागुन ८ गते ८:२२ मा प्रकाशित

वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले एमालेले निर्वाचनको विषयलाई लिएर सस्तो लोकप्रियता खोजिरहेको बताउनुभएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सस्तो लोकप्रियताको नाममा निर्वाचनको विषयमा गलत प्रचार गरिरहेको आरोप लगाउनुभयो ।

सरकारले निर्वाचनको गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचनप्रति शंका नगर्न आग्रह गर्दै उहाँले निर्वाचन अनीवार्य भएकाले सरकारले जहिले पनि मिति घोषण गर्न सक्ने बताउनुभयो । उहाँले मधेशवादी दल र एमालेसँग निरन्तर वार्ता र संवाद भइरहेकाले आगामी ७ माघ २०७४ सालसम्म तीन तहको निर्वाचन भइसक्ने बताउनुभयो ।

उहाँले सरकार निर्वाचनको तयारीमा लागिपरेकाले जेठमा स्थानीय तहको निर्वाचन नहुनेमा शंका नगर्न आग्रह गर्नुभयो । उहाँले दोस्रो जनआन्दोलनमा एमालेको भूमिका सकारात्मक भएकाले निर्वाचन गर्ने सवालमा अनावश्यक बखेडा झिक्न नहुने बताउनुभयो । एमाले प्रमुख प्रतिपक्षको नाताले प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले मुलुकमा धार्मीक पक्षका नाममा वन अतिक्रमण भइरहेकाले अतिक्रमणलाई रोक्न पहल गर्नुपर्ने बताउनुभयो । देशभरी भइरहेको वन अतिक्रण रोक्न सरकारले विशेष रुपमा योजना बनाएर अगाडि बढिरहेको बताउनुभयो ।

मन्त्री भण्डारीले भक्तपुरमा वन्न लागेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य अगाडि बढिरहेकोसमेत बताउनुभयो । प्राणी उद्यानलाई चाँडोभन्दा चाँँडो पूर्णता दिन सरकार लागि परेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू