अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

राजीव र प्रकृति ‘मेरी माया जुन’ मा

बिआरटीनेपाल २०७३ फागुन ७ गते २१:०४ मा प्रकाशित

‘मेरी माया जुन’ बोलको पप गीतको छायाँकन सम्पन्न भएको छ । हेरुका लामाको निर्देशनमा उक्त गीतको छायाँकन सम्पन्न भएको हो । र्
विरेन्द्र भट्टले खिचेको भिडियोलाई किरण थापाले सम्पादन गर्दै छन् । गोदावारीको रमणीय स्थलमा छायाँकन गरिएको ‘मेरी माया जुन’मा पछिल्लो समय ब्यस्त बन्दै आएका निर्देशक तथा मोडल राजीव श्रेष्ठ र नायिका प्रकृति ढुंगानाको  अभिनय देख्न पाईने छ ।

दिपेन्द्र दुलालको गहकिला शब्दमा लेखिएको उक्त गीतलाई आकास कटुवालले संगीत दिएका छन् । जसमा गायक बलराम केसीको आवाज रहेको छ ।

गीतको बारेमा करिब तीन दर्जन म्युजिक भिडियोहरुमा निर्देशन र दुई दर्जनभन्दा बढी भिडियोहरुमा मोडलिङ गरिसकेका निर्देशक तथा मोडल श्रेष्ठ भन्छन्, ‘गीतलाई निकै फरक तरिकाबाट प्रस्तुत गर्न खोजिएको छ ।अन्य गीतहरुको तुलनामा यस गीतको स्वाद अलि फरक पाईने छ ।’

यसको छाया“कन पनि फरक ढंगबाट गरिएको छ ।पछिल्लो समय चलचित्रमा ब्यस्त नायिका ढुंगानाले यो भिडियोमा आफुले निकै मेहनत गरेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू