अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

प्रजातन्त्रको पहिलो सर्त उत्तरदायी नेतृत्व हुनुपर्ने – पूर्व राजा ज्ञानेन्द्र

बिआरटीनेपाल २०७३ फागुन ७ गते १४:५८ मा प्रकाशित

काठमाडौँ ७ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पहिलो सर्त उत्तरदायी नेतृत्व हुनुपर्ने बताएका छन् । कोमलको जन्मोत्सव मनाउन चितवन पुगेका शाहले ६७ औँ प्रजातन्त्र दिवसको अवसरमा वक्तव्य जारी गरी आफ्नै आस्था र विश्वासको जगलाइ अँगाल्नुपर्ने उल्लेख गरेका छन् ।

प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र होइन मानवीय हक र हितको आधार स्तम्भ पनि हो प्रजातन्त्रमा राजनीतिक पद्धतिको अनेक रूप हु सक्छन् । तर जुनसुकै नामका प्रणाली भए पनि प्रजातन्त्रको पहिले सर्त जनताप्रति उत्तरदायी नेर्तत्व हुनपर्दछ । शाहले वक्तव्यमा भनेका छन् ।

राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्दछ । त्यसैले हाम्रो आफ्नै दर्शन, गौरभ, सान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, जोगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू