अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

गायक तथा संगीतकार राज सागरको राप्रपामा उमेद्वारी

बिआरटीनेपाल २०७३ फागुन ७ गते ११:०९ मा प्रकाशित

लामो समय देखी नेपाली गीत संगीतमा सक्रिय गायक तथा संगीतकार राज सागर अव राजनितीमा पनि सक्रिय रहने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा सदस्यतर्फ उमेद्वारी दिए संगै राज सागर गीत संगीत संगै राजनितीमा पनि सक्रिय रहने देखिएको हो ।

लामो समय देखी राप्रपा संग आवद्ध रहंदै आएका भएपनि उनलाई गायककै रुपमा देखिदै आएको थियो । यो पटक भने उनि आफ्नो उमेद्वारी दर्ता गराएर खुल्ला रुपमै राजनितीमा लागेका छन् । नेपाली ताराको दोस्रो संस्करणमा चौंथो स्थान हासिल गरेका राज सागरका शब्द संगीत र आवाजमा दजर्नौ गीत-गजल बजारमा आएका छन् ।

स्रोता, दर्शकमाझ फरक धारका युवा गजल गायकको छवि बनाएका राज सागरको राजनितीमा कस्तो योगदान रहन्छ त्यो त हेर्न बाँकी नै छ तर राष्ट्रियता, राष्ट्रिय अखण्डता,संबैधानिक राजसंस्था, हिन्दुराष्ट्र र नेपाली जनताको हकहित र सम्बृद्धीको पक्षमा उभिएका राज सागरलाई राप्रपाले एउटा बलियो उमेद्वारको रुपमा हेरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू