अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

२००७ सालका प्रजातान्त्रिक योद्दा रामप्रसाद राईको सम्झनामा रक्तदान 

बिआरटीनेपाल २०७३ फागुन ७ गते ७:५९ मा प्रकाशित
२००७ सालका प्रजातान्त्रिक योद्दा जननायक रामप्रसाद राईको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रामप्रसाद राई फाउण्डेशन नेपालको आयोजनामा फागुन ७ गते शनिवारका दिन जननायक राईको सम्झनामा रक्तदान आयोजना गरिएको थियो ।
 

केन्द्रिय रक्तसंचार सेवा बालकुमारी ललितपुरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा ३० जना रक्तदाताले राईको स्मृतिमा रगत दान गरेका थिए । जननायक  राईको सम्झनामा प्रत्येक वर्षको फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा फोउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गर्दे आएको छ । रक्तदान गर्ने सवैप्रति फाउण्डेशनले हार्दिक आभार समेत प्रकट गरेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू