अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

सरकार निर्वाचन चाहाँदैन भने पदमा बस्नुको औचित्यता छैन्-एमाले सचिव भट्टराई

बिआरटीनेपाल २०७३ फागुन ६ गते ६:३४ मा प्रकाशित

नेकपा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकार निर्वाचन चाहाँदैन भने पदमा बस्नुको औचित्यता नभएको बताउनुभएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै प्रचार विभाग प्रमुख भट्टराईले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे पद्मा बस्नुको औचित्य नभएको बताउनुभयो ।

संविधान निर्माण गर्ने मुख्य राजनीतिक शक्तिहरु वा दलहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्नेमा जोड दिर्दै चुनाव नगर्ने हो भने सरकारमा बस्नुको औचित्यता नभएको उहाँले बताउनुभयो । संविधान घोषणा गर्ने मुख्य राजनीतिक शक्तिबीचको समझदारीबाट अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै त्यसो नभए सरकारलाई एक मिनेट पनि पदमा बस्ने नैतिक आधार नभएको बताउनुभयो ।

आजको ब्यवस्थापीक संसद हिजोका संविधानसभाले मधेशवादी दलको एजेन्डलाई अस्वीकार गरेको बताउँदै मधेशवादी दलले पनि चुनावमा भाग लिएर आप्mना एजेन्डा टेष्ट गर्न उहाँले आग्रह गर्नुभयो । मधेशवादी दलको तागत र संख्या नपुगेकाले संविधानसभाले एजेन्डा विफल बनाएर जनादेश ल्याएर संविधान संशोधन गर्न उहाँले आग्रह गर्नुभयो ।

संविधान संशोधनको प्रस्ताव मृत अवस्थामा पुगिसकेको बताउँदै संशोधन तुल्सीको बोटमा सास ढुकढुकी भएको अवस्थामा पुगेको बताउनुभयो । उहाँले संविधान संशोधनको विषयमा एमालेको आपत्ति नभएपनि संविधान संशोधन अहिलेको अवस्थामा देशको आवश्यकता नभएको बताउनुभयो । उहाँले संविधान संशोधन प्राकृतिक हिसावले मरिसकेको र प्राविधिक हिसावले ढुकीढुकी रहेको संशोधन ब्यवस्थापीका संसदको शैश्यामा सुताइएकाले निर्वाचनको माध्यमबाट आउँदो ब्यवस्थापीक संसदबाट सो विधेयकलाई अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।

निर्वाचनमा सबै पार्टी मिलेर भाग लिनुपर्ने बताउँदै निर्वाचनको वातावरण बनाउन सबै लागिपर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले हिंसामा विश्वास नगरी अहिंसामा विश्वास गर्ने र शान्ति प्रक्रियामा भाग नलिने त्यस्ता पार्टी संवैधानीक हिसावले विफल हुने दावी गर्नुभयो ।

शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने राजनीतिक दलहरु निर्वाचनदेखि नभाग्ने बताउँदै ब्यवस्थापीक संसदले संविधान संशोधनलाई अस्वीकार गरिसकेकाले निर्वाचनबाट बहुमत ल्याएर संशोधन गर्न आग्रह गर्नुभयो । मुलुकको राजनीतिक स्थायीत्वको लागि समय अवधिभित्रै तीन तहको निर्वाचन सम्पन्न गरिसक्नेपर्नेमा सरकारले आलटाल गरिरहेको उहाँले बताउनुभयो ।

स्थानीय तहको पुनः संरचना आयोगको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर प्रदेश सभा, प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारण अयोग गठन, निर्वाचनसँग सम्बन्धीत कानुनहरु निर्माण गर्ने कामसहित निर्वाचन वातावरण उहाँको भनाइ छ । एमाले नयाँ सरकार गठनको कसरतमा नलागेको बताउँदै संविधान कार्यान्वयनको लागि निर्वाचनको पक्षमा एमाले रहेकाले कसैले भ्रम फैलाउँदैमा एमालेलाई केहि फरक नपर्ने उहाँले बताउनुभयो ।

एमालेको सम्पन्न पोलिटब्यूरो बैठकले १२ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिर्दैै सरकारले बैशाख महिनाभित्र जसरी पनि निर्वाचन गरिसक्नुपर्ने उहाँले बताउनुभयो । सरकारले जेठसम्म निर्वाचन गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचन मिति घोषण नगर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको उहाँले बताउनुभयो ।

आगामी फागुन २१ गतेदेखि एमालेले मेची महाकाली जागरण अभियान सञ्चालन गर्न लागेको बताउँदै एमालेले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याइसक्ने बताउनुभयो । उहाँले एमालेको लोकप्रियता देखेर कुनै पनि राजनीतिक शक्तिलाई नआत्तिनसमेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू