अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

पत्रकारहरुको बेइमानी नियन्त्रण भन्दा बाहिर गएको भन्दै ट्रम्पको आक्रोश

बिआरटीनेपाल २०७३ फागुन ६ गते ०:०५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा मस्कोसँगको सम्पर्कबारे सञ्चार माध्यमले प्रशारण गरेका समाचारहरु प्रति आक्रोश ब्यक्त गरेका छन् । ह्वाइट हाउसमा भएको ७६ मिनेट लामो पत्रकार सम्मेलनका क्रममा उनले पत्रकारहरुको बेइमानीको स्तर नियन्त्रण भन्दा बाहिर गएको भन्दै आक्रोश पोखेका हुन् ।

सञ्चारमाध्यमको चर्को आलोचना गरेका ट्रम्पले आफ्नो सरकारभित्र अराजकता देखिएको भन्ने आरोपलाई अस्वीकार गर्दै सञ्चार माध्यमले आफ्नो मर्यादा बाहिर गएर समाचार सम्प्रेषण गर्दा आफुलाई तनाव भएको पनि बताएका छन् ।

उनले लगाएको यात्रा प्रतिबन्ध र एकजना उच्च तहका सल्लाहकारलाई पदबाट हटाउनुलाई आलोचकहरुले ह्वाइट हाउसमा देखिएको भद्रगोल भनि टिप्पणी गरिरहंदा उनले यो कुराको खण्डन गर्दै भने यात्रा प्रतिबन्धबारे हाम्रो निर्णय धेरै सहज रुपमा अघि बढिरहेकको थियो। तर हाम्रो अदालत खराब छ र निर्णय पनि खराब भयो। तर अर्को साता कुनै बेला हामी नयाँ यात्रा प्रतिबन्धबारे नयाँ कार्यकारी आदेश ल्याउनेछौं।ू
मुसलमान बहुल सात देशका मानिसहरुमाथि लगाइएको विवादस्पद प्रतिबन्धलाई कायम राख्न अर्को साता संशोधित निर्णय आउने पनि उनले बताए।

राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइकल फ्लिनले ट्रम्पले पदभार सम्हाल्नु अघि नै रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएका प्रतिबन्धबारे छलफल गरेको खबरहरु बाहिर आएपछि फ्लिनले गत बुधबार राजीनामा दिएको सन्दर्धमा बोल्दै ट्रम्पले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट हट्न बाध्य भएको बताए ।

सम्मेलनमा बोल्दै आफूले आफ्नो चुनावी अभियानका क्रममा गरेका बाचाहरु पूरा गरेको र पहिलो साता आफ्नो प्रशासनले एकदमै सहज रुपमा काम गरेको बताए।

उनले सेयर बजार उकालो लागेको र अवैधानिक रुपमा छिर्ने आप्रवासीहरुलाई नियन्त्रण गर्न सकेको विषयलाई आफ्नो प्रशासनको महत्वपूर्ण सफलताका रुपमा पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू