अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

राजेश हमाल, सरोज खनालदेखि एलिसा राईसम्म एउटै भिडियोमा

बिआरटीनेपाल २०७३ फागुन ४ गते २३:२३ मा प्रकाशित

काठमाडौँ । गीतकार आलोक चाम्लिगं राईको गीत जय जय नेपाल को भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि गीत सङ्गीतमा सक्रिय राईका राष्ट्रिय भावनाले ओतप्रोत शृजनामा गायक सिडी विजय अधिकारी र मनिषा राईले स्वरबद्ध गरेको गीतमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालदेखि, सरोज खनाल, सरिता लामिछाने, एलिसा राई, लगायत कलाकारिता, पत्रकारिता, गीत सङ्गीतमा सक्रिय दुई दर्जन बढीको अभिनय देख्न सकिन्छ । 

पछिल्लो समयका व्यस्त अनि चर्चित निर्देशक सशान कँडेलले निर्देशन गरेको भिडियोमा सिर्जन बरालको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । राजिव सिंहले एरेन्ज गरेको गीतको अडियो सिडिएम म्युजिक क्रियशनले तयार गरेको हो ।

 

प्रतिक्रिया