अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

निर्माणाधीन मुशहर वस्तीलाई अमेरिका स्थित टोलेडो ओहायोवासी नेपालीहरुको सहयोग

बिआरटीनेपाल २०७३ फागुन ४ गते २३:१५ मा प्रकाशित

अमेरिकाको टोलेडो ओहायोका नेपालीहरुले धुर्मुश-सुन्तली फाउण्डेशनद्वारा बर्दिवास महोत्तरीमा निर्माण भैरहेको एकिकृत बस्तीलाई १ लाख २३ हजार ८ सय रुपैयाँ ५८ पैसा सहयोग पठाएका छन । मुख्यतया स्थानीय टोलेडो विश्वविद्यालयका बिद्यार्थीहरु रहेको उक्त नेपाली समुदायले गत वर्षपनि धुर्मुश-सुन्तली फाउण्डेशनद्वारा सिन्धुपाल्चोकको गिराञ्चौरमा भुकम्पपिडितका लागि निर्मित एकिकृत बस्तीको लागि रु. १ लाख १७ हजार ९ सय ३० सहयोग रकम पठाएका थिए । उक्त नेपाली समुदायले बिनासकारी भूकम्प गए लगत्तै प्रधानमन्त्री राहतकोश तथा रेडक्रशमार्फत गरेर छुट्टाछुट्टै रुपमा धेरैपटक आर्थिक सहयोग पठाएको छ ।

त्यस्तै २०७१ सालमा सिन्धुपाल्चोक जिल्लाको राम्चेका पहिरो पिडितहरुलाई पनि टोलेडो नेपाली समुदायले उल्लेख्य सहयोग पठाएको र त्यसभन्दा पहिला पनि पटक पटक आर्थिक सहयोग गरिरहेको तथा मातृभूमिलाई अफ्ठ्यारोमा परेको बेला यथासक्य सहयोग गरिरहने जनाएको छ ।

गतवर्षको संबिधान घोषणासँगै मधेश र पहाड बिच बढेको राजनितीक तिक्तताको माझ धुर्मुश-सुन्तलीको अग्रसरतामा मधेशका बिपन्न मुशहर समुदायको लागि निर्माण हुँदै गरेको यो बस्तीले मधेशी र पहाडी समुदायको बिचमा सौहार्दता बढाउन बिशेष भुमिका खेल्ने कुरामा टोलेडोवासी नेपालीहरु बिश्वस्त छन । यसबाट राजनितीज्ञहरुलाई पनि पाठ हुने र बिस्तारै अहिलेको राजनितीक गाँठो खुलेर संबिधान कार्यान्वयनमा सकारात्मक प्रभाव पार्नसक्ने संभावना समेत उनीहरु औंल्याउँछन । साथै केहिदिन अगाडि कान्तिपुर दैनिकमा सो बस्ती निर्माणको लागि रकम अभाव हुँदै गएको समाचार प्रकाशित भएकोले यस्तो पवित्र कार्य बिचैमा अलपत्र हुन नदिन र मातृभूमिप्रतिको आफ्नो कर्तव्य निभाउन अरुतिरका नेपालीहरुलाई पनि उक्त अभियानलाई यथासक्य आर्थिक सहयोग गर्न टोलेडो नेपाली समुदायका सदस्यहरु हार्दिक अपील गर्दछन ।


टोलेडो ओहायोवासी नेपालीहरुको सहयोग प्राप्त गरेपछि धुर्मुस सुन्तलीले सहयोगका लागि सबैलाई धन्यवाद दिएका छन् । धुर्मुस सुन्तली फाउण्डेसनको फेसबुक पेज मार्फत समेत धन्यवाद ज्ञापन गरेका उनिहरुले प्राप्त रकम र सहयोग गर्नेहरुको नावावली सहित लेखिएको छ:

अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । नेपालीहरु जुनसुकै मुलुकमा भएपनि एकजुट भएर नेपालको निर्माण कार्यमा ईट्टा थप्ने काम गरिरहनु भएको हुन्छ । नेपालबाट अमेरिका गई, केहि बर्ष देखी अमेरिकामै बसोबास गरिरहनु भएका नेपालीहरुको एक समुह टोलेडो नेपाली समुदमयले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई पठाउनु भएको १ लाख २३ हजार ८ सय रुपैया सहयोग प्रति हामी नतमष्तक छौ । यस समुहले गिराञ्चौर नमुना बस्ती निर्माणका लागी पनि सहयोग पठाउनु भएको थियो । सहयोग हामीसम्म पठाउन सहयोग गर्नुहुने डा. लीलाराज दाहाल सहित सम्पुर्ण सहयोगी मनहरुलाई हृदयदेखिनै धन्यवाद दिन चाहान्छौ । सहयोग पठाउनुहुने महानुभावहरुको नाम:

-लीलाराज दाहाल तथा परिवार – १८०१३.०४
-दीपेन्द्र अधिकारी तथा परिवार -४४७७.२३
-रमेश कार्की तथा परिवार – १०४१२.१६
-प्रकाश उप्रेती तथा परिवार – २१८६.५५
-बद्री भट्टराई तथा परिवार – ३२२७.७७
-किरण घिमिरे तथा परिवार – ४२६८.९९
-ईन्द्र सुवेदी तथा परिवार -२६०३.०४
-ऋषि सुवेदी तथा परिवार – ३१२३.६५
-सुनील खनाल तथा परिवार – २०८२.४३
-कृष्ण सुवेदी तथा परिवार – २६०३.०४
-पदम आचार्य तथा परिवार – २१८६.५५
-विश्व भेटवाल – २१८६.५५
रंजन घिमिरे – १५६१.८२
-सुबोध भट्ट -१५६१.८२
-खुर्शिद अञ्सारी तथा परिवार – १५६१.८२
-शरिता मानन्धर – १०४१.२२
-रचना महर्जन तथा परिवार -१०४१.२२
-खगेन्द्र कंडेल – ११४५.३४
-हेमराज खत्री तथा परिवार – ३२२७.७७
-राजेन्द्र ठकुरी तथा परिवार – २१८६.५५
-अभिषेक खनाल -१०४१.२२
-आशीर्वाद शाही – २१८६.५५
-प्रमोद पौडेल तथा परिवार – ५३१०.२०
-बाबुराम खत्री तथा परिवार – २६०३.०४
-इन्दिरश खत्री तथा परिवार – १६६५.९५
-मदन मैनाली – १४५७.७०
-सुरज खड्का – १०४१.२२
-हिमाल ज्ञवाली – १२४९.४६
-उदित लामिछाने – ११४५.३४
-बिपिन गैर्हे तथा परिवार – २१८६.५५
-अमित दाहाल – १०४१.२२
-भुपेश जोशी – १०४१.२२
-प्रकाश खड्का -११४५.३४
-प्रिन्सा वास्तोला – ४२६८.९९
-नवराज पनेरु – १३५३.५८
-पवन सिग्देल तथा परिवार – २६०३.०४
-युवराज पाण्डे -११४५.३४
-यज्ञ ओझा तथा परिवार – ३२२७.७७
-ईन्द्र चौलागाईं – ११४५.३४
-केदार बर्याल – ५३१०.२०
-एरिका कार्की -२१८६।५५
-उपेन्द्र ऐर – १५६१.८२
-सोनिया बराकोटी – ११४५.३४
-सुमन अधिकारी – ११४५.४४
-देउसी-भैलोबाट संकलित – ४८९३.७२

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू