अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

९ औं डि सिने अवार्ड हेटौंडामा- चैत्र २५ सम्म चलचित्र दर्ता म्याद

बिआरटीनेपाल २०७३ फागुन ४ गते ६:५९ मा प्रकाशित
विगत नौं वर्षदेखि नियमित रुपमा आयोजना गरिदै आएको डि सिने अवार्ड यसपटक हेटौंडामा आयोजना गरिने भएको छ । ७ वर्ष सम्म नियमित रुपमा काठमाडौंमा आयोजना गरिदैं आएको डि सिने अवार्डको आठौं संस्करण गत वर्ष पोखरामा भव्य रुपमा सम्पन्न गरिएको थियो । यसपाली नवौं संस्करण भने हेटौंडामा सम्पन्न गरिंदैछ ।
खासगरी डिजिटल फम्र्याटलाई आधार मानेर प्रारम्भ गरिएको डि सिने अवार्ड नेपालमा आयोजना गरिने अवार्डहरुमा प्रतिष्ठित मानिन्छ । अवार्डलाई पूर्णरुपमा सफल एवं भब्य बनाउनका लागि डि सिने अवार्डका अध्यक्ष शान्तिप्रिय एवं कार्यक्रम संयोजक मणीराज गौतम हेटौंडा पुगेर स्थानिय संयोजन समितिको संयोजकमा शुशान्त श्रेष्ठ रहका छन् भने समितिको सल्लाहकारमा निर्माता÷वितरक एवं प्रदर्शक नरेन्द्र महर्जन र पत्रकार उज्जल चौलागाई रहेका छन् । त्यस्तै समिति सदस्यहरुमा कपिल खड्का, श्रीराम दाहाल, सविन न्यौपाने, गणेश दर्पण अधिकारी आदि रहेका छन् ।
केन्द्रिय समिति एवं स्थानिय समितिको संयोजनमा अवार्ड भव्य रुपमा आयोजना गरिने स्थानिय संयोजक शुशान्त श्रेष्ठले बताए । हेटौंडामा यसरी अवार्ड आयोजना गरिनु हेटौंडाबासीका लागि पनि गौरवको विषय भएकोले यसको सफलता हेटौंडाको प्रतिष्ठासँग गाँसिएको सल्लाहकार नरेन्द्र महर्जनले छलफल कार्यक्रममा बताए । त्यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षले हेटौंडामा यसरी धेरै भन्दा धेरै कलाकर्मी ल्याइनु हेटौंडेलीका लागि पनि खुशीको कुरा भएको बताए । डि सिने अवार्डका संयोजक मणीराज गौतमले अवार्ड नियमित श्रृंखला भएपनि हेटौंडामा थप स्मरणीय रुपमा सम्पन्न गरिने बताए । अवार्ड अध्यक्ष शान्तिप्रियले अरुले नेपाली अवार्डलाई विदेशतिर लग्न थालेको भएपनि आफूचाही देशकै विभिन्न भागमा दर्शकमाझ नियमित रुपमा जाने र यसै क्रममा पोखरापछि हेटौंडा आएको बताए । अवार्ड ओम चलचित्र मन्दिर हेटौंडामा बैशाख २८ गते आयोजना गरिने तय भएको छायाँछविले बताएको छ ।
चलचित्र दर्ता आव्हान
नवौं डि सिने अवार्ड ०७४का लागि चलचित्र दर्ता आव्हान गरिएको छ । ०७३ बैशाख १ गते देखि चैत्र मसान्त सम्म प्रदर्शनमा आएका चलचित्रहरु दर्ता गर्न छायाँछविले आग्रह गरेको छ । छायाँछविले चैत्र २५ सम्म दर्ता म्याद तोकेको छ ।
प्रतिक्रिया