अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

रश लाईटको म्युजिक एण्ड डान्स पार्टीमा झुमे प्रणय दिवसको मनाउनेहरु

बिआरटीनेपाल २०७३ फागुन ४ गते ४:३६ मा प्रकाशित

रश लाईट मिडिया प्रा.लिले अहिलेको युवा पुस्तालाई लक्षित गरेर फेबु्रअरी १४ भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा आयोजना गरेको म्युजिक एण्ड डान्स पार्टी भब्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाट स्थित एभोकाडो रेष्टुरेन्ट एण्ड बारमा दिउँसो १ बजेदेखी राति अबेरसम्म भएको उक्त कार्यक्रममा एकौस्टिक जर्न बाण्ड र नेप्हालेम बाण्डको प्रस्तुति रहेको रशलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन् ।

रशलाईट मिडियाले विभिन्न अवसरहरुमा कार्यक्रमहरु गर्दै आएको छ । फेशन तथा डान्स सम्बन्धी कार्यक्रम गर्नेमा रशलाईट पछिल्लो समय अग्रस्थानमा रहेको छ । यस कार्यक्रममा बाण्डका साथमा गायिका रमिता भण्डारी, गायक अजय तुलाधर, गायक हृदय गहतराज आदि गायक गायिकाले गित प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए । कार्यक्रम लाजिम्पाटमा रहेको एभोकाडो रेष्टुरेन्टसँगको सहकार्यमा गरिएको थियो । कार्यक्रममा सहभागीहरु सन्तुष्ट भएको र रेष्टुरेन्टले राम्रो सेवा दिएको एभोकाडो रेष्टुरेन्टका सञ्चालक समिर तुलाधरले जानकारी दिए ।

कार्यक्रममा २०० भन्दा बढिको सहभागीता रहेको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम व्यवस्थपनमा कुनै कमि हुन नदिएको कार्यक्रम व्यवस्थापक सरोज श्रेष्ठले बताए । निकट भविष्यमा हुने होली, शिबरात्रीमा पनि कार्यक्रम गर्ने घोषणा गरिएको थियो ।

प्रतिक्रिया