अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

नेपाली जन सम्पर्क समिति, अमेरिकाको साधारण सभाबारे सूचना

बिआरटीनेपाल २०७३ फागुन ३ गते १२:२६ मा प्रकाशित

आदरणीय साथीहरू,
जय नेपाल !

नेपाली जन सम्पर्क समिति अमेरिकाले करिब, १० बर्से लामो आफ्नो आन्तरिक विवादलाई अन्त्य गर्दै, दुई वर्ष अघि नोबेम्भर २२/२३/२०१४ का दिन ,टेक्सस राज्यको डलास सहरमा भएको एकताको दोस्रो अधिवेशन बाट एउटा निर्वाचित समितिको छनौट गरेको कुरा हामी सबैमा जगजाहेर छ । उक्त एकताको अधिवेशनले दिएको संन्देश र भावनालाई आत्माबोध गर्न नसक्दा, सङ्गठन सहज ढङ्गले चल्न नसकेको ईतिहाँस पनि हामी सँग ताजै छ । जसका कारण संस्थामा पुन: विवाद भित्री, विभिन्न समयमा, विविध किसिमका समस्या, कठिनाइ र असमतिहरू पैदा भई, सङ्गठनले आफ्नो नियमित वार्षिक साधरण सभा समेत गर्न नसकेको तितो यथार्थ हामी सँग छ । यिनै कुरालाई विशेष ध्यानमा राखी एकताको खातिर गत जनवरी १४,२०१७ मा टेक्सासको डलास सहरमा बसेको नेपाली जन सम्पर्क समिति अमेरिकाको उपलब्ध, केन्द्रीय समितिको आकस्मिक बैठकले आम साथीहरूको भावना र चाँहनाको कदर गर्दै ,संस्थामा देखिएको सम्पूर्ण विवादको अन्त्य गरे पछि सङ्गठनमा नयाँ ऊर्जा र जागरण थपिएको छ ।

यस सङ्गठनमा एकता ल्याउँनका लागि विभिन्न चरणमा पहल गर्नुहुने नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइराला, केन्द्रीय सदस्य डा.प्रकाश शरण महत, केन्द्रीय सदस्य वीर बहादुर बलायर, केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ लगायत सबैलाई नेपाली जन सम्पर्क समिति अमेरिका धन्यवाद व्यक्त गर्दछ । अहिले यस्तो सिङ्गो सङ्गठनमा एकता छाएको वेला, सबै च्याप्टरहरूको अधिवेशन गराई संस्थाको केन्द्रीय अधिवेशन समयमा नै सम्पन्न गर्नु पर्ने हामीमा एकातिर नैतिक जिम्मेवारी छ भने, अर्कोतिर, उक्त अधिवेशन गराउँनका निमित्त सुरुका दिन देखि नै संस्थाको विधान र च्याप्टर गाईट लाइनमा देखिएको गम्भीर विवाद र समस्याहरूको चाँडै अन्त्यगरी एकरूपता ल्याउँन अत्यावशक छ । यी र यस्ता संस्थामा देखिएका अनेक विवाद र समस्याहरूको एकै साथ समाधान गरी सङ्गठनको धमनीमा नयाँ रक्त संन्चार गराउँनका लागि “साधरण सभा” मात्र एउटा अपरिहार्य विकल्प भएको कुरा हाम्रो केन्द्रीय समितिले महसुस गरेको छ । त्यसैले यही, फेव्रेवरी ५ तारिक २०१७ आइतबारका दिन बसेको समितिको कन्फरेन्स बैठकले आउँदो अप्रिल ८ तारीक २०१७ शनिवारका दिन संस्थाको साधरण सभा गर्ने निर्णय गर्दै, फेव्रेवरी ८ तारीक २०१७ बुधवारका दिन परामर्शका लागि च्याप्टर सभापतिहरू सँग बसेको सम्युक्त कन्फरेन्स बैठक पछि सबैलाई पायक पर्ने स्थान:- भर्जिनिया राज्यमा संस्थाको पहिलो साधरण सभा गर्ने निर्णय गरेको छ ।

त्यसैले सबै विमतिहरूको अन्त्य गर्दै, सङ्गठनलाई अझ मजबुद, बलियो र एक ढिक्का बनाउँने उदेश्यले गर्न लागिएको यो “साधरण सभा”लाई सभ्य र भव्य रूपमा सफल बनाउँनका लागि आउँदो अप्रिल ८ तारीक २०१७ शनिवारका दिन भर्जिनिया राज्यमा, नेपाली काँग्रेसका अग्रजहरू, महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि ज्युहरू, नेपाली जन सम्पर्क समिति अमेरिकाका पूर्व एवं वर्तमान सल्लाहकार ज्युहरू, पूर्व संयोजक ज्युहरु, कार्यसमितिका पूर्व एवं वर्तमान साथीहरू, सबै च्याप्टरका पूर्व एवं वर्तमान सभापति ज्युहरू तथा च्याप्टर सँग आवद्द समितिका साथीहरू, शुभचिन्तक, शुभेच्छुक विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिज्युहरू लोकतन्त्र प्रति आस्थावान साथीहरू, बुद्धिजीवी, पत्रकार , कलाकार, साहित्यकार, व्यापारी लगायत आम जनसमुदयमा उपस्थितिको लागि नेपाली जन सम्पर्क समिति ,अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछ ।

जय नेपाल ।

धन्यवाद !
मुनिन्द्र नेम्वाङ
महासचिव
नेपाली जन सम्पर्क समिति अमेरिका

प्रतिक्रिया