अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

अनेसास विधान संशोधन सुझाव समिति र कथा सङ्ग्रह सम्पादन समिति गठन

बिआरटीनेपाल २०७३ फागुन १ गते १४:२४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले डा. तारा निरौलाको संयोजकत्वमा पाँच सदस्यीय अनेसास विधान संशोधन सुझाव समिति गठन गरेको छ । उक्त समितिमा अनेसास ट्रष्टी सदस्य डा. विजयराज शर्मा, पूर्व उपाध्यक्ष राम खत्री, पूर्व विधान संशोधन सुझाव समितिका सदस्य धनिराम सापकोटा र साहित्यकार तथा अनेसास इजरायल च्याप्टरकी महासचिव निशा अर्याल रहेका छन् । समितिले आजीवन तथा ट्रष्टी सदस्यहरू, साहित्यकारहरु, च्याप्टरका पदाधिकारीहरू र अनेसासलाई माया गर्ने महानुभाबहरुको सुझाव सङ्कलन गरी वर्तमान विधानलाई समय सापेक्ष बनाउन आवश्यक पर्ने सुझावहरू केन्द्रीय कार्यसमितिमा पेस गर्ने छ ।

यसै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट नेपाली साहित्यका उत्कृष्ट छोटा कथाहरू सङ्कलन, अनुवाद तथा प्रकाशन गर्ने उद्देश्यले पाँच सदस्यीय सम्पादन समिति गठन गरेको छ । सो समितिमा समालोचक लिला लुइँटेल, अनेसासका अध्यक्ष श्री पदम विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, महासचिव गोबर्धन पूजा र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्याल रहेका छन् । केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णयहरू गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू