अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

जिमेल फेब्रुअरी आठ देखि विन्डोज एक्सपी र भिष्टामा नचल्ने

बिआरटीनेपाल २०७३ माघ २४ गते १९:०४ मा प्रकाशित

सर्च इन्जिन गुगलले सूचना जारी गर्दै आउँदो फेब्रअरी ८ देखि क्रोम ब्राउजरको भर्सन ५३ मा जिमेल सपोर्ट नगर्ने उल्लेख गरेको छ । गुगलले यस अघि नै सन् २०१५ मा उक्त घोषणा जारी गरेको थियो । यदि तपाईँको कम्प्युटरमा विन्डोज एक्सपी र भिष्टा छ भने तपाईँको गुगल क्रोम ब्राउजरमा जिमेल बन्द हुनेछ ।

माइक्रोसफ्टले विन्डोज एक्सपी र भिष्टाबाट अपरेटिङ सिस्टम सपोर्ट हटाइएको छ । क्रोम ब्राउजरको पुरानो भर्सन सुरक्षाको दृष्टिले असुक्षित मानिएकाले हटाइएको हो माइक्रोसफ्टले जनाएको हो । अहिले भी ४९ क्रोम ब्राउजर लेटेस्ट भर्सन हो । यसबाट भने तपाईँले नयाँ अपरेटिङ सिस्टममा सजिलै जिमेल चलाउन सक्‍नुहुन्छ । विन्डोज एक्सपी र भिष्टा ८ फेब्रुअरी देखि अपडेट नभए बन्द हुने माइक्रोसफ्टले जनाएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू