अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

प्रशान्त तामांग नेपालीज धमाकाका लागि साइप्रसमा

बिआरटीनेपाल २०७३ माघ २२ गते ९:०३ मा प्रकाशित

तेस्रो इन्डियन आइडल तथा चर्चित गायक , नायक प्रशान्त तामांग भोलि ५ फरवरी आइतबार साइप्रसको लिमासोलमा आयोजना हुने नेपलिज धमाका २०१७ कार्यकर्म को लागि साइप्रसको लार्नार्का एयरपोर्टमा ओर्लेका छन् । उनलाई एयरपोर्टमा आयोजक ब्रिटिस गुर्खा समूह र अकि गाइजका सुरेस कुमार परियार , गोविन्द श्रीष र डिजे जेजेले भव्य स्वागत गरेका छन् ।

साइप्रसमा आउने नेपाली हरुको सङ्ख्यामा पनि उल्लेखनीय रूपमा बृदी हुँदै गैरहेकोले आजकल साइप्रसमा नेपाली कार्यकर्महरुको आयोजनामा वृद्धि भइरहेको छ तर आयोजनामा निक्कैकामी कमजोरीको गुनासोपनि त्यतिकै आइरहेकोले नेपलिज धमाका २०१७ लाई अघिल्लो कार्यकर्म भन्दा भव्य र व्यवस्थित गर्न लागि परेको आयोजक सदस्य सुरेश कुमार परियारले बताउनुभयो ।

इन्डियन आइडल भएपछि नेपालीहरूको माया पाएर विश्वका थुप्रै मुलुकमा आफ्नो प्रस्तुति देखाईसकेका गायक तथा नायक प्रशान्त तामांग साइप्रसमा भने पहिलो पल्ट आएका हुन् । साइप्रसमा रहेका नेपाली हरू माझ कार्यकर्म गर्न पाउँदा औधी खुसी लागेको बताउँदै उनले सम्पूर्ण साइप्रसवासी नेपालीहरूलाई कार्यकर्ममा आएर कार्यकर्म सफल बनाईदिन अनुरोध गरेका छन् । 

गायक तथा नायक प्रशान्त तामांगको विशेष प्रस्तुति रहेको कार्यकर्ममा उनले आफ्नो चर्चित नेपाली तथा हिन्दी गीतहरू प्रस्तुत गर्नेछन । स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने कार्यकर्ममा साइप्रसमा चर्चित डिजे तथा आयोजक कमिटिका एक सदस्य डिजे जेजेले साङ्गीतिक कार्यकर्म लगतै आफ्नो डिजे धुनमा दर्शकहरुलाई नचाउनेछन् । साइप्रसको लिमासोलको ब्रिटानिया हलमा आयोजना हुने कार्यकमको आयोजना ब्रिटिस गुर्खा समूह र अकि गाइजलेले गर्दैछ भने नेपालबाट व्यवस्थापन सिल्भर इन्टरटेनमेन्टले गरेको छ ।

प्रतिक्रिया