अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 06:39

अमेरिकी विदेशमन्त्रीमा रुस निकट मानिने रेक्स टिलरसन

बिआरटीनेपाल २०७३ माघ २० गते २३:०१ मा प्रकाशित

वासिङ्गटन। तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ । टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी हुनुहन्थ्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६४ वर्षीय टिलरसनलाई अमेरिकी सिनेटले विदेश मन्त्रीमा अनुमोदन गरेपछि अव ताजा विदेश नीति अपनाइने बताउनु भएको छ । विगतमा कुनै पनि सार्वजनिक पदधारण नगरेका टिलरसनलाई रुससँग निकट सम्बन्ध भएको भन्ने विषयमा आलोचना रहदै आएको छ ।

विशाल तेल कम्पनीका पूर्व प्रमुख टिलरसनले रुसी सरकारी तेल कम्पनी रोसनेफ्टसँग अर्बो डलर बराबरको व्यापारिक सम्झौता गरेका थिए । अमेरिकी सिनेटमा टिलरसनलाई अनुमादनको लागि भएको मतदानमा रिपब्लिकनहरुले उनको समर्थन गरेका थिए भने, अधिकांश डेमोक्र्याटले भने विरोध गरेका थिए । सिनेटमा ५६ भोट उनको पक्षमा परेको थियो भने ४३ भोट उनको विपक्षमा परेको थियो । रासस ÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू