अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

नेपाल पत्रकार महासंघ भारत शाखाको प्रथम अधिवेशन सम्पन्न-अध्यक्षमा लोकेश शाह

बिआरटीनेपाल २०७३ माघ १६ गते १०:३५ मा प्रकाशित

नेपाल पत्रकार महासंघ भारत शाखाको प्रथम अधिवेशन आइतबार सम्पन्न भएको छ। भारतको राजधानी दिल्लीस्थित नेपाल आवाज दैनिक पत्रिकाको सभाहलमा सम्पन्न २ दिने अधिवेशनले सर्वसम्मतिमा ११ जना कर्यसमिती सहित २४ जनाको टिम गठन भएको हो ।

लोकेश शाहको अध्यक्षतामा गठन भएको सदस्यीय कार्यकारी समिति चयनबाट अधिवेशनले समितिको अध्यक्षमा लोकेश शाह, उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव गोबिन्द पोखरेल, सचिव ऋषिराम अधिकारी, सह-सचिव अर्जुन खनाल र कोषाध्यक्षमा धन बहादुर बिकलाई चयन गरेको छ।

त्यसै सदस्यमा इन्द्रकमल जैरु, देवेन्द्र केसी क्षेत्री, भेषराज पौडेल, खुमबहादुर गुरुङ र पुजा शाह चयन भएका छन् ।

कार्यक्रममा भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायको विशेष आतिथ्यमा सम्पन्न समारोहमा शाखालाई आधिकारिकता प्रदान गर्न नेपाल पत्रकार महासंघका सचिव धमेन्द्र कर्ण, उपत्यका प्रमुख एवं केन्द्रीय सदस्य इश्वरी वाग्ले र मध्यपश्चिमाञ्चल प्रमुख एवं केन्द्रिय सदस्य झलक गेरैको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत उपाध्यायले दुई देश बिचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने बताए ।

त्यस्तै महासंघ भारत शाखाका अध्यक्ष लोकेश शाहले भारतभरि छरिएर रहेका पत्रकारहरुलाई महासंघमा आवद्ध हुन आह्वान गर्दै श्रमजिवी पत्रकारहरुको कलम देशको स्वाधिनताको रक्षा गर्नका लागि चल्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा दिल्लीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू