अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

रबिन वज्राचार्यको अपिल

बिआरटीनेपाल २०७३ माघ १४ गते ११:४१ मा प्रकाशित

आदरणीय बुबा मुमा, दिदी बहिनी, दाजु भाइ, सादर प्रणाम !

म यहाँहरुलाई NRN USA को सदस्यता नविकरण गराउनु हुनको लागी अनुरोध गर्नु हुन यो बिन्ती पत्र पठाउँदै छु । NRN को बारेमा मैले यहाँहरुलाई धेरै जानकारी त दिई राख्नु पर्दैन होला भन्ने मलाई लाग्दछ । NRN नेपाल सरकारद्वारा स्वीकृति प्राप्त हामी सबैको साझा, अनि एउटै मात्र संस्था हो । विश्व भरि छरिएर रहेको यो संस्थाको हाँगाहरु मध्ये हाम्रो अमेरिकी शाखा सबै भन्दा धेरै सदस्य भएको संस्था हो । विगतमा हजुरहरुले यस संस्थाको सदस्यता ग्रहण गर्नु भएकोले नै हामी सबै भन्दा ठुलो संस्था हुन सक्षम भएका हौँ भने हजुरहरुले आफ्नो सदस्यता नविकरण गरेर अनि आफन्त र साथीभाईहरुलाई सदस्यता ग्रहण गर्न प्रोत्साहन गरेर यसलाई अझ सङ्गठित गरी दिनु हुन म बिन्ती चढाउन चाहन्छु ।

हाम्रो संस्थालाई ठुलो मात्र होइन अझ बढी सक्रिय, क्रियाशील पारदर्शी र अमेरिकामा बसोबास गर्ने हरेक नेपालीको लागी काम गर्ने संस्थाको रूपमा परिणत गर्नु आजको आवश्यकता हो । तसर्थ यही मे महिनामा हुने निर्वाचनमा राम्रा उम्मेदवारहरुलाई विजयी गराएर तपाईँ हाम्रो सङ्गठनलाई अझ मजबुत बनाउनु हुन म हार्दिक अपिल गर्दछु ।

साथै आसन्न निर्वाचनमा मैले पनि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको ब्यहोरा जानकारी गराउन चाहन्छु । NRN को सुदृधिकरणका लागि मैले विगतमा गरी आएको कुराहरूको यहॉ वर्णन गरी राख्नु पर्दैन होला । एक पटक मलाई कार्य समितिमा बसेर काम गर्ने मौका दिनुहोस्, यो संस्थालाई सबल र सशक्त बनाई नेपाल र प्रवासीनेपाली समाजको हक हितको लागी डटेर काम गर्ने वचन वध्दता जाहेर गर्दछु ।

अन्तमा मलाई सेवा गर्ने मौका दिनु हुन अनुरोध गर्दै संस्थाको विकासको लागी सदस्यता ग्रहण गरी दिनु हुन पुन बिन्ती चढाउँछु । जय एन आर एन

बिनित
रबिन राज वज्राचार्य

प्रतिक्रिया