अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

सुरु भयो ‘सुविसु क्यान इन्फोटेक मेला’-मुख्य आकर्षक स्मार्टफोन र ब्रोडब्याण्ड इन्टरनेट

बिआरटीनेपाल २०७३ माघ १३ गते ५:३१ मा प्रकाशित

नेपाललाई ‘इ-नेपाल’ बनाउने नाराका साथ ‘सुविसु क्यान इन्फोटेक–२०१७’ सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा २३ औं संस्करणको क्यान इन्फोटेक मेलाको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज एक समारोहका बिच उद्घाटन गरेका हुन् ।

आगामी माघ १८ गतेसम्म चल्ने ‘सुविसु क्यान इन्फोटेक–२०१७’ विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा २२२ कक्ष रहेका छन् ।

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सुरु भएको प्रदर्शनको मुख्य आकर्षक हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् भने मेलाको प्रमुख आकर्षणमा स्मार्टफोनहरू हुन् ।

प्रदर्शनीमा यस वर्ष क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु र एसोसिएट प्रायोजक सामसुङ रहेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर–मर्कन्टाइल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम रहेको छ ।

क्यान महासङ्घका अध्यक्ष विनोद ढकालका अनुसार मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू