अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

मलेसीयामा कार्यरत नेपाली युवा बलत्कारको आरोपमा पक्राउ

बिआरटीनेपाल २०७३ माघ १२ गते ४:३६ मा प्रकाशित

बैदेशिक रोजगारीका लागि मलेसीया पुगेका एक नेपाली युवक बलात्कारको आरोपमा पक्राउ परेका छन् । नेपाली स्टोर वर्कर रहेको ति युवक आफुसंगै स्टोरमा पार्टटाइम काम गर्ने १७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग पक्राउ परेका हुन् ।

अनुसन्धान प्रक्रियामा रहेकाले उनको परिचय गोप्य राखिएको भएपनि उनि नेपाली रहेको द स्टार समाचारले जनाएको छ  पिडित युवतीले दिएको बयानका आधारमा द स्टार समाचारले घटनाको बारेमा खुलासा गरेको हो । समाचार अनुसार गत आइतबारको ति नेपाली युवकले ड्युटीमा रहेकी युवतीलाई खानाका लागि होस्टलमा बोलाएका थिए । जब युवती होस्टल पुगिन्, उनले माथिल्लो तलामा रहेको आफ्नो कोठामा लिएर गए । कोठामा पुगेर उनले ढोका लगाएर जवरजस्त ीगर्न खोजेपछि युवतीले प्रतिकार गरेकी थिईन् तर उनि सफल हुन सकिनन् र बलत्कारको सिकार बनिन् ।

पीडित युवतीले आफ्नो साथीसँग सल्लाह गरेपछि सोमबार प्रहरीमा उजुरी दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू