अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

सान फ्रान्सिस्को बे एरियामा ‘प्रथम लायन्स मल्टिपल स्पोर्ट्स फेस्टिभल’ उद्धघाटन

बिआरटीनेपाल २०७३ माघ २ गते ९:३६ मा प्रकाशित

स्थानीय प्रतिनिधि , जनवरी १४, २०१७, सान फ्रान्सिस्को बे एरियामा स्थापित पाँचवटा  नेपाली लायन्स क्लबहरुको संयुक्त आयोजनामा मोर्गन हिलको खेल मैदान  र ओहलोन कालेजको जिम्नाजियममा यही जनवरी १४ र १५ मा भलिबल, सकर, क्रिकेट र टेबलटेनिसको प्रतियोगिताको उद्धघाटन भब्यताका साथ सम्पन्न भएको छ ।  “प्रथम लायन्स मल्टिपल स्पोर्ट्स फेस्टिभल”को नाममा आयोजित  यस खेलको पहिलो दिनको उद्धघाटन समारोह मोर्गन हिलको सकर खेल मैदानमा   करिब पाँच सय जनाको उपस्थितिमा लायन्स क्लब डिस्ट्रिक्ट ४सी ३ का गभर्नर यान भल्टारले एक किक गोल गरेर मल्टिपल स्पोर्ट्स फेस्टिभलको उद्धघाटन गरेका हुन् ।  

भलिबल खेलका संयोजक सुरेंद्र मल्लले दिएको जानकारी अनुसार अहिले हुदै गरेको भलिबल नेपालको राष्ट्रीय कोच केशबलाल श्रेष्ठको स्मृतिमा राखिएको हो।  सो खेल फ्रीमांट  स्थित ओहोलोन कालेजको जिम्नाजियममा आयोजना हुदै छ । जसको फाइनल खेल भोली जनवरी १५ मा हुनेछ   । त्यसै गरि अन्य सम्पूर्ण खेलहरुको फाइनल खेल जनवरी १५ को  दिन माथि उल्लेखित र निर्धारित खेल मैदानमा हुनेछ।

उद्धघाटन कार्यक्रममा  प्रथम भाइस डिस्ट्रिक गवर्नर राजेन थापा लगायत पाच वटै नेपाली लायन्स क्लबका प्रतिनिधि, खेलाड़ी , स्वमसेवक र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।  “प्रथम मल्टिपल स्पोर्ट्स फेस्टिभलमा  उटाह , आइडाहो, सियाटल , लॉस एंजल्स , बृहत् सानफ्रांसिस्को बे एरियाका बिभिन्न क्लब र संघ संस्थाको टीमहरुले सहभागिता जनाएको थियो।    

गभर्नर यान भल्टारले गत बर्ष बर्कली अन्नपूर्णाका अध्यक्ष र हालको जॉन चियरमैन ध्रुब थापाको पहलमा आखा जाँच्न उपकरण  किन्न अर्थ संकलन गरेको र डिस्ट्रिकले समेत सो  उपकरण किन्न म्याचिंग फण्ड अन्तरास्ट्रीय लायन्स क्लबबाट लिएर खरीद गर्न सफल भएको हुदा सोही उद्धघाटन समारोहमा बर्तमान क्लबका अध्यक्ष मनिल बाबु श्रेष्ठलाई हस्तांतरण गरियो।

उक्त आखा जाँच्न उपकरण बे एरियामा रहेका नेपाली समुदायको र यहि बर्षको नोभेम्बर महिनामा नेपालको कुनै एक स्थानमा  समेत आँखा जाँच्न कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ।  

“प्रथम मल्टिपल स्पोर्ट्स फेस्टिभल”खेलकुद कार्यक्रमको अन्तिम दिन जनवरी १५, आइतवारको बेलुकी सन्निभेल स्थित  २५० जाभा ड्राइव को हलमा मा पुरस्कार वितरण एवम सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । सो पुरस्कार बितरण र सांस्कृतिक कार्यक्रम साँझमा प्रमुख अतिथिको रूपमा NRN ICC का उपाध्यक्ष श्री कुमार पन्तको पनि उपस्थिति रहने जानकारी आयोजक समितिले दिएको छ।

साँझको कार्यक्रम स्थल: 250 E Java Drive  Sunnyvale , CA समय: बेलुकी ६ बजे बिबिध मंरोजनात्मक सांस्कृतिक कार्यक्रममा र पुरस्कार बितरण समारोह भब्यरुपमा हुदैछ।  कार्यक्रम र रात्रि भोजको लागि मात्र $25 को टिकट राखिएको छ जुन उक्त स्थानमैं आएर समेत लिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू