अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

कोलोराडोमा तमु ल्होसार सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो २०७३ पुष २४ गते १७:२७ मा प्रकाशित

तमु ल्होसारको अवसरमा कोलोराडोमा एक संस्कृतीक कार्यक्रम सँगै शुभकामना आदान प्रदान गर्दै सम्पन्न भयो । तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले ल्होसारको अवसर पारेर सांकृतीक कार्यक्रम गरी शुभकामना आदान प्रदान गरेका हुन् ।

तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा बोल्डर सहरमा सम्पन्न कार्यक्रममा संस्कृतीक कार्यक्रमसँगै लामा अक्कल बहादुरबाट सबैलाई नयाँ वर्षको उपलक्ष्यमा आर्शिबाद प्रदान गरिएको थियो । ९० वर्षीय वयोवृद्ध आसाबहादुर तमाङले पानसमा बत्तीबालेर उद्धाटन गरिएको कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सक्रिय सङ्घ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यबसाही, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।  

यसरी कार्यक्रममा उपस्थित हुनेहरुमा अनेसास केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, नेपाली घरका अध्यक्ष योगराज गौतम, एनआएनका अध्यक्ष वासुदेव खनाल, नेपाली जनसंम्पर्क समिति कोलोराडोका अध्यक्ष गणेशराज भण्डारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष जगत श्रेष्ठ, संखुवा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, कलाकार मञ्चका अध्यक्ष साबु गदाल, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका कोषध्यक्ष मणी बस्नेत, यूएस नेपाल न्यूजका बिकल पराजुली, स्वतन्त्र पत्रकार नातिबाबु भट्ट थिए । उक्त उपस्थित अतिथीहरुलाई खादा लगाई सम्मान गरिएको थियो ।

तमु ल्होसार २०७३ को आब्वान मौलिक भाषा, धर्म, संस्कार, संस्कृति सहितको सम्मान भन्ने मूल नारालाई आत्मासाथ गर्दै सम्पन्न गरिएको कार्यक्रममा गुरुङ, तमाङ, नेपाली र अंग्रजी भाषाका गीत गाएर तथा विभिन्न कलाकारहरूको गीतमा स्थानीय कलाकारहरूले नाचगान गरेर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । विशेष गरी बालकालाकारहरु अनीसा र अभ्यास भट्टराईको हुन्न बुढी हुन्न भन्ने गितमाको नाच, लय ब्याण्डको प्रस्तुति, जानवी गुरुङको प्रस्तुति, कौडा नृत्य, हिप पप लगायतका प्रस्तुतीहरुले दर्शकको मन जित्न सफल भएका थिए । कार्यक्रमको आर्को रोचक पक्ष भनेको एउटै मन्च र प्रस्तुतिमा बुढा बुढीको नाच, बाबु छोरीको नाच, बाबु छोरीको गीत, दिदी बहिनीको नाच देखिएको थियो । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरू आफ्नै सांस्कृतिक पहिरनमा सझिएर आएका थिए । 

संस्थाका सचिव भुवन गुरुङले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए भने प्रकाश गुरुङ र पुष्पा गुरुङले मनोरञ्जनात्मक कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई स्वगत गर्दै सभापति चन्द्रमान गुरुङले स्थानीय समुदायलाई तमु संस्कृतिको पहिचान गराउनुको साथै तमु संस्कृति जोगाईराख्न तथा अमेरिकामा जन्मे हुर्केका बालबालिकाहरुलाई तमु संस्कृतिको पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

नेपालमा मुलत ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तोला, तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरूले यस वर्ष बादर वर्गलाई बिदाइ गर्दै चरा वर्गलाई स्वागत गरेका छन् । नयाँ वर्ष ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोलि पल्ट नयाँ दिनको झुल्के घामसँगै नयाँ वर्षको स्वागत गर्दछन् । उनीहरू आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।
फोटो: नातिबाबु भट्ट, बासु खनाल

Rajesh Hamal

 

 

प्रतिक्रिया