अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

बिरामीबाट आएको शूल्क राज्य कोषमा जम्मा गर्छु-राई

बिआरटीनेपाल २०७३ पुष २१ गते ४:३० मा प्रकाशित

प्राकृति उपचार पद्धन्तिबाट विभिन्न रोगीको उपचार गर्दै आएकी कमला राईले आफूलाई सरकारले ठाउँ उपलब्ध गराइदिन आग्रह गरेकी छन् ।  आफ्नै वरपर भएका जडीबुडी र अन्य विधिबाट उपचार सम्भव भएपनि राज्यले त्यसलाई बेवास्ता गरेका कारण विरामीले सेवा नपाएको राईले बताएकी छन् ।

‘मैले एचआईभी र कुष्ठरोग बाहेक सबै रोगको उपचार गर्न सक्छु, त्यसको लागि राज्यले वातावरण बनाइदिनु पर्छ । धेरै नेपाली बिरमीको नाममा ठूलो खर्च भइरहेको छ । राज्य पनि उपचार खर्च दिएर हैरान भइसकेको छ’ राईले भनिन् । आफूलाई उपचार गर्ने वातावरण बनाइदिए राज्यको ढुकुटी समेत बच्ने उनको दाबी छ ।

बिहीबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफू स्वास्थ्यकर्मी र राज्यसँग समन्वय गरेर अगाडि बढ्ने बताइन् । उनले विदेशी उपचार पद्धतिमा भर पर्ने तर नेपालीको ज्ञान र क्षमतामा विश्वास नगर्ने दृष्टिकोणका कारण आफ्नो ज्ञान र क्षमता मरिरहेको राईले पत्रकार सम्मेलनमा बताइन् ।

प्राकृतिक उपचार संचालन गर्ने ठाउँ उलब्ध गराउन सरकारसँग माग गर्दै उनले भनिन् ‘मलाई उपचार गर्ने वातावरण सरकारले मिलाई दिनुपर्छ । त्यसबाट आएका शूल्क राज्यको कोषमा जम्मा गर्छु ।’ उनले आफूलाई व्यक्तिगत फाइदा नचाहिएको समेत बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू