अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 13:50

राधा रिजाल २०७३ पुष १९ गते २२:२१ मा प्रकाशित

सधैँ झैँ ऊ हेरिरहेछ मलाई
एकनाश ,एकटक एकोहोरो भई
घरी नाक खुम्च्याउछ घरी काखी बजाउछ
घरी आँखा झिम्क्याइ निधार खुम्च्याउछ
मै हुँ भन्छ मलाई हेप्छ ऊल्याउछ हेप्छ
हर क्षण लाप्पा खेलिरहन्छ मसँग
मेरो जीवनसँग

ऊ भन्छ म बेकाम छु रे
म परिवर्तनहिन छु रे
म प्रगति गर्न नसक्ने रे
बेखुस असफल छु रे
ऊ सँग कुम मा कुम मिलाएर
एकनाश चल्दिन रे ….
खै के के हो भनिरहन्छ
कराइरहन्छ …
हदै नाघेर देखिनसहने
यती घमण्डी त कोही देख्दिन म
अझ आफूलाई त हर सेकेन्डमा परिवर्तन हुने
खुबी भएको मान्छ ऊ
अनि मलाई पनि तेस्तै हुनु भन्छ

मेरो बुताले सकेको त गरेकै छु क्येरे
मेरो दिनचर्यामा ,जीवनमा आमूल परिवर्तन त
मैले पनि चाहेकै हो
तर के गरु हुँदैन त
दिन महिना वर्ष सबै फेरिन्छ
म त जस्ताको तेस्तै
यसमा मेरो के दोष …
हिजो देखी ऊ कराइ रहेछ
हौसीइ रहेछ
उन्मत्त भई रहेछ
र आतुर पनि देखिन्छ
परिवर्तन हुनलाई फेरिनलाई
मलाई पनि उ सँग सँगै पाइलो मिलाउन
भन्दै छ …
आखिर तैले के सोचेको छस् हँ
म बिना तेरो आस्तित्व छैन
म बिना तेरो परिवर्तन पनि सम्भव छैन
तेसैले त २०१६ को पुरानो भित्ते पात्रो फाली
आज २०१७ को राख्दै छु
सबै सबैमा अङ्ग्रेजी नयाँ वर्ष को
शुभकामना !!! शुभकामना !! शुभकामना !!

ADV: Rajesh Hamal