अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

कोलोराडोमा तमु ल्होसारको अवसरमा संस्कृतीक कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७३ पुष १६ गते १४:०६ मा प्रकाशित

तमु ल्होसारको अवसरमा कोलोराडोमा एक संस्कृतीक कार्यक्रम सँगै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । तमु प्ले ल्हु सङ्घ अमेरिकाको आयोजनामा कोलोराडो निवासी तमु समुदायले सांकृतीक कार्यक्रम गरी तमु ल्होसारको अवसरमा शुभकामना आदान प्रदान गरेका हुन् ।

तमु प्ले ल्हु सङ्घ अमेरिकाका अध्यक्ष तौ बहादुर तमुको अध्यक्षतामा तथा गुरुङ पुरोहीत कुम बहादुर तमुको प्रमुख आतिथ्यमा बोल्डरमा संम्पन्न कार्यक्रममा एक संस्कृतीक कार्यक्रम सँगै पुरोहितबाट सबैलाई नयाँ वर्षको उपलक्ष्यमा आर्शिबाद प्रदान गरिएको थियो । 

नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गाएर सुरु गरिएको कार्यक्रमको प्रमुख अतिथि कुम बहादुरले पानसमा बत्तीबालेर कार्यक्रमको उद्धाटन गरेका थिए । कोलोराडोमा सक्रिय सङ्घ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्याबसाही, सर्वसाधारणको बाक्लो उपस्थिति रहेको कार्यक्रममा रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमु धि कोलोराडोका अध्यक्ष चन्द्र बहादुर गुरुङ, याक एण्ड यतीका दिनेश भट्टराई, कार्यक्रमका सभापति, प्रमुख अतिथि लगायतका अतिथीहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो ।

तमु ल्होसार २०७३ को आ≈वान मौलिक भाषा, धर्म, संस्कार, संस्कृति सहितको सम्मान भन्ने मूल नारालाई आत्मासाथ गर्दै सम्पन्न कार्यक्रममा गुरुङ, तमाङ लगायत विभिन्न भाषाका गीतमा कलाकारहरूले आ–आºनो कला प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरू आङ्खनै सांस्कृतिक पहिरनमा सझिएर आएका थिए ।

तमु प्ले ल्हु सङ्घ अमेरिकाको सचिव संन्तोष तमु र कल्पना तमुले सञ्चालन गरेको कार्यक्रममा सभापति तौ बहादुर तमुले उपस्थित सबैलाई धन्यवाद दिँदै तमु संस्कृति जोगाईराख्न, तथा अमेरिकामा जन्मेहुर्केका बालबालिकाहरुलाई तमु संस्कृतिको पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए । 

नेपालमा मुलत ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तोला, तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरूले यस वर्ष बादर वर्गलाई बिदाइ गर्दै चरा वर्गलाई स्वागत गरेका छन् । नयाँ वर्ष ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोलि पल्ट नयाँ दिनको झुल्के घामसँगै नयाँ वर्षको स्वागत गर्दछन् । उनीहरू आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू