अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

‘लक्ष्मी परियारको मृत्युको घटना दुःखद्’-राष्ट्रिय मानव अधिकार आयोग (बिज्ञप्ती)

बिआरटीनेपाल २०७३ पुष ६ गते २३:४६ मा प्रकाशित

 

प्रेस विज्ञप्ति
(आमसञ्चार माध्यममा तत्काल प्रयोजनको लागि)
२०७३ पौष ५ गते

लक्ष्मी परियारको मृत्युको घटना दुःखद्

काभ्रेपलाञ्चोक सानो वाङ्थलीकी लक्ष्मी परियारको मृत्युको दुःखद् घटना सम्बन्धमा आयोगले स्थलगत अनुगमन गरेको छ ।
प्रारम्भिक अनुगमन बाट प्राप्ततथ्य अनुसार गत मंसीर २० गते लक्ष्मी परियारलाई स्थानीय ४ जनाको संलग्नतामा भनाभन र गालीगलौज पश्चात ्भएको कुटपिट बोक्सी समेत भनी निजलाई स्थानीय श्री सूर्योदयमा.वि.को चौरको पोलमा बाँधी मुखमा मलमुत्र समेत दल्ने, खुवाउने जस्तो निकृष्टतम दुव्र्यवहार समेत भएको पाइएको छ ।

निज मृतकको तर्फबाट निजमाथि भएको दुव्र्यवहार सम्बन्धमा कसैले पनि प्रहरी कार्यालयमा निवेदन तथा उजुरी नदिएको हुँदा आयोगले सो सम्बन्धमा प्रहरी ऐन अनुरुप अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन गरेको थियो ।

मृत्युको उक्त घटना सम्बन्धमा नेपाल प्रहरीले अनुसन्धान प्रकृया अघि बढाई आरोपित ४ जनालाई न्यायिक हिरासतमा राखिएको पाइएको छ । साथै आयोगले उक्त घटनाको अनुसन्धान प्रकृयाको अनुगमन गरिरहेको छ ।घटनाको संवेदनशीलता र गाम्भीर्यता समेतलाई मध्यनजर गरी आयोगले मानव अधिकारको दृष्टिकोणबाट समेत थप अनुसन्धान गर्नेछ ।

हाल निज लक्ष्मी परियाको शव परीक्षण भइसकेता पनि समयमैशव परीक्षण हुननदिने वाशव परीक्षणको उपयुक्त व्यवस्था हुन नसक्दा अनुसन्धान प्रकृया तथा प्रमाण संकलनमा प्रभाव पर्न सक्ने भएकोले कुनै पनि शंकास्पद र विवादास्पद मृत्युका घटनाको सम्बन्धमा तत्काल शव परीक्षण गर्ने व्यवस्था मिलाउन र आवश्यक सहयोग पुर्याउन आयोग नेपाल सरकार र सम्बन्धित सबै पक्षलाई आग्रहगर्दछ । साथै मृतक लक्ष्मी परियारको हत्यामा संलग्न दोषीहरु उपर कानूनी कार्यबाही गर्न तथा नावालक सन्तानहरुको उचित संरक्षण र परिपूरण समेतको लागि आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

untitled

                                                                                                                                                                                                                                                                                                                                                                                                            …………………

मोहना अन्सारी
सदस्य\प्रवक्ता

प्रतिक्रिया