टोरन्टो करातेमा नेपालकी यानकुमारीले स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले स्वर्ण पदक हात पारेकी छिन् । टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् ।...

सागर आलेको कार्यक्रम बहिष्कार गर्ने भनेकै छैनौं – मगर संघ यूके

नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडलका टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ आफ्नो प्रस्तुति गर्ने भएका छन् । आउँदो डिसेम्बर महिनाको १ देखि ३ तारिखसम्म क्रमशः...

नेपाल पहिलो पटक ग्लोबन बोर्डमा निर्वाचित

नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी महासङ्घ (आइसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको छ । मलेसियाको क्वालालमपुरमा १४ देखि १७ नोभेम्बरसम्म भएको ग्लोबल कङ्ग्रेस तथा आइसीएको साधारण सभाबाट राष्ट्रिय सहकारी महासङ्घकी उपाध्यक्ष ओमदेवी मल्ल...

राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गर्नुभयो । राष्ट्रपति भण्डारी लुभ्र अबुधावी पुग्नु हुँदा उहाँलाई यहाँका निर्देशक म्यानुएल राबातले स्वागत गर्नुभयो । उक्त अवसरमा निर्देशक राबात तथा अन्य अधिकारीहरूले राष्ट्रपति भण्डारीलाई विभिन्न...

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा...

विश्वभरिका होटेल स्कुलहरूको सम्मेलन नेपालमा हुने

होटेल व्यवस्थापन कलेजहरूको अन्तर्राष्ट्रिय सङ्गठनमा नेपाल विश्वभरिका होटेल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटेल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरनेशनल एशोसियसन अफ होटेल म्यानेजमेन्ट स्कुल्स् (इयूहोफा, EUHOFA International)मा पहिलो पटक नेपाल निर्वाचित भएको छ । इटालीको...

लाईभ कन्सर्टका लागि गायक राजेश पायल राईको विश्व भ्रमण

केही दिन अघि मात्र अमेरिका बाट ‘इन्टरनेशनल पप स्टार’को उपाधि प्राप्त गरेका चर्चित गायक राजेश पायल राईले आफ्नो प्रस्तुतीका लागि विश्व भ्रमण गर्ने भएका छन् । आफ्नो एकल लाईभ कन्सर्टका लागि गायक राई युएई,...

नयाँ दिल्लीमा प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा संयुक्त कार्य्रकम गर्दै

बाम गठबन्धनलाई स्वागत गर्दै भारतको राजधानी नयाँ दिल्लीमा बुधवार एमाले निकट प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा संयुक्त कार्य्रकम गर्ने भएको छ । नेपाली जनताले अलग, टुटफुट र विभाजनको सिकार भएका नेपाली कम्युनिस्ट...

बिश्वप्रसिद्ध साङ्गीतिक प्रतिस्पर्धामा भिड्दै अभि बस्ताकोटी

क्यानाडाको टोरन्टोमा हुन गइरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा हाल अमेरिकाको नर्थ क्यारोलाईना बस्दै आएका १७ वर्षीय किशोर अभि बस्ताकोटी (कुर्टिस वार्टस) छनौटमा परेका छन् । नोभेम्बर ९ देखि ११ मा हुन...

जापानमा रहेका नेपालीबाट विद्यालयका लागि सहयोग

बागलुङको एक विद्यालयका लागि जापानमा रहेका नेपालीबाट मात्रै रु २२ लाखभन्दा बढीको आर्थिक सहयोग सङ्कलन भएको छ । गल्कोट नगरपालिका–८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानमा विभिन्न सहरमा रहेका यस क्षेत्रका व्यक्तिबाट मात्रै रु...