अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

चलचित्र ‘अमेरिका बोइज’को छायांकन झापाबाट सुरु

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते ७:२२ मा प्रकाशित

क्यामेरा पूजा गर्दै झापा जिल्लाबाट चलचित्र ‘अमेरिका बोइज’ को छायांकन प्रारम्भ गरिएको छ । चलचित्रका कास्ट एन्ड क्रिउ यतिबेला झापामा रहेका छन् ।फिल्मका मेकर प्रकाश भूजेलले झापामा करिब १४ दिन सुटिङ गरिने बताए । त्यसपछि बाँकी छायांकनका लागि टिम काठमाडौं फर्कने छ । साथै निर्माण यूनिटले छायांकन प्रारम्भ गरेसँगै रिलिज डेट समेत एनाउन्स् गरेको छ ।

आउदो नयाँ वर्ष २०७५ सालको बैशाख १४ गते यो चलचित्र रिलिज हुनेछ । चलचित्रमा सुनिल थापा, अर्पण थापा, सृष्टि कार्की, सन्दीप क्षेत्री र कामेश्वर चौरासियाको शीर्ष भूमिका रहेको छ । सृष्टिले यसै फिल्मबाट रजतपट डेब्यु गरेकी हुन् ।

अनुप थापा कार्यकारी निर्माता रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरिरहेका छन् ।

 

प्रतिक्रिया