अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

विश्व किर्तिमान खेलाडी उज्वल ठकुरी आफ्नो रेकर्ड आँफै तोड्दै

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते २:४३ मा प्रकाशित

विश्व कृतिमान खेलाडी उज्वल ठकुरीले आफ्नो रेकर्ड आँफै तोडेका छन् । अमेरिकी मरिन गोजुको स्थापना भएको ३५ वर्ष पुरा भएको विशेष अवसरमा अमेरिकाको ओहायो राज्यमा आयोजिक कार्यक्रममा उज्वलले एक सय साढे बयालिस पौन्ड तौल दाँतले उठाएर आफ्नो विश्व किर्तिमानी रेकर्ड आफै तोड्न सफल भएका हुन् ।

गोजुका एक मात्र नेपाली कराते खेलाडी (५ डान ब्लाक बेल्ट)उज्वल ठकुरी ले गिनिज बुक अफ वोर्ल्ड रेकड राखेको एक महिना बित्न नपाउदै आफ्नो रेकड आफैले तोड्न एक सय साढे बयालिस पौन्ड तौल दात र जिउले एकैसाथ उठाएर त्यहाँ उपस्थित सबै खेलाडीलाई अचम्मित पारेका थिए ।

उज्वलले नयाँ विश्व किर्तिमान बनाउन तौल उठाइरहदा गिनिज वल्ड रेकड लाई पठाउने सबै प्रमाणहरु पनि तयार पारेका थिए जसका लागि त्यहाँ उपस्थित मरिन गोजुका खेलाडी तथा उज्वलका कराते प्रशिक्षकले उनलाई साथ दिएका थिए ।

सवैले यो नयाँ किर्तिमान उज्वलले चाडै हात पार्ने बत्ताएका छन् साथै खेलका अन्य विधामा पनि विश्व किर्तिमान आगामी दिनमा राख्दै जाने उनले बताए ।

कार्यक्रममा उज्वलले गोजुका कराते प्रसिक्षार्थिहरुलाई प्रसिक्षण पनि दिएका थिए । अमेरिकन मरिन गोजुको ३५औ बर्षगाठको अवसरमा आयोजित उक्त कार्यक्रममा उज्वललाई गोजुको सर्बोत्कृस्ट प्रसिक्षार्थी घोषणा गर्दै गोजुका सन्चालक ग्रान्ड मास्टर लेफ्टिनेन कर्णेल गेरी क्लज र मास्टर पेटे ( ८डान मार्शल आर्ट्) ले विशेष सम्मान गर्दै प्रमाण पत्र र विशेष किसिमको खड्ग पनि प्रदान गरेका थिए ।

स्मरण रहोस ठकुरिले दुवै खुट्टा फारेर १३९दसमल ९७ पौन्ड दात र छातीले एकैसाथ उठाएर विश्व किर्तिमान राखेका हुन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू