अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०८ | Colorodo: 16:23

अमेरिकामा सम्पन्न ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ युनिटद्वारा नेपालमा विशेष कार्यक्रम(फोटो फिचर)

बिआरटीनेपाल २०७४ कार्तिक १८ गते ११:२२ मा प्रकाशित

गत अगष्ट १९ अर्थात् भदौ ३ गते अमेरिकाको कोलोराडोमा सम्पन्न दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड युनिटले नेपालमा पनि सो अवार्डको विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कला क्षेत्रका अग्रज तथा नयाँ कलाकारहरूको उपस्थिति र विभिन्न प्रस्तुतिका साथमा कलाकार र पत्रकारहरुको सम्मान गर्दै राजधानीमा अवार्ड विशेष कार्यक्रम सम्पन्न गरिएको हो । 

नेपाल पर्यटन बोर्डमा शनिवार आज आयोजित सो कार्यक्रममा अवार्डमा सहभागी हुन नपाएका तथा अवार्ड सफलतापुर्वक सम्पन्न गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कलाकार र पत्रकार साथै विभिन्न व्यक्तिलाई अवार्ड तथा मायाको चिनो प्रदान गरिएको थियो ।

गोरखापत्र दैनिकका दीपक श्रेष्ठ, बिआरटी नेपाल डटकमकी सुषमा देवकोटा, दस्ताबेज अनलाइनकी दिपशिखा र सियनयनई डटकमका सूर्य चन्दलाई मिडिया सपोर्टका लागि सम्मान सहितको मायाको चिनो प्रदान गरिएको कार्यक्रममा नायक आर्यन सिग्देल, निर्देशक तथा पत्रकार गणेश पाण्डे, सङ्गीतकार तारा प्रकाश लिम्बु, गायिका मिना निरौला लगायतलाई अवार्ड वितरण गरिएको थियो ।

त्यस्तै कार्यक्रममा आवार्ड आयोजना, प्रवद्धन र सफलतापुर्वक सम्पन्न गर्नका लागि सहयोग पुर्‍याउने शेर्पा ब्रोवरी, नेपाल पर्यटन बोर्ड, प्रभु बैङ्क, सिटौला ब्रदर्श, चलचित्र विकास बोर्ड, होटेल कन्ट्रीभिल्ला, नेपाल टेलीकम, कलाकार सुनिल कटुवाल, नवल खड्का, मोहन निरौला लगायतलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

जादुगर तथा हास्य कलाकार महादेव त्रिपाठी, नायिका तथा आइटम डान्सर दीपा थापा मगर, अर्की नायिका तथा मोडेल डान्सर दिपासा बिसी, गायिक मिना निरौला, विश्वकै होचा कलाकार दिपेन शाह,रमेश श्रेष्ठ, लगायतका कलाकारको प्रस्तुति रहेको कार्यक्रममा नायक शिव श्रेष्ठ र कलाकार लक्ष्मी गिरीले पनि साथ दिँदा कार्यक्रमको रौनक बढेको थियो ।

अवार्ड विशेष यस कार्यक्रमा कलाकर्मीहरु सुनिल थापा, आकाश अधिकारी, शिव श्रेष्ठ, नवल खड्का, विनोद मानन्धर, केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, लक्ष्मी गिरी, राम केशर बोगटी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक टिमका तर्फबाट अभिनेता कृष्ण मल्ल र नवराज श्रेष्ठले अवार्डबारे प्रकाश पारेका थिए साथै सम्पन्न अवार्डको भिडियो दृश्य पनि देखाईएको थियो ।

प्रतिक्रिया