अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

मिस नेशनल आइकनको अडिसनबाट छानिए २० प्रतिस्पर्धि

बिआरटीनेपाल २०७४ कार्तिक १८ गते ९:३८ मा प्रकाशित

१६ वर्षदेखि २७ वर्ष उमेर समूहका युवतीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गराउने सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन–२०१७’ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न अडिसनबाट २० जना युवतीहरु छनोट भएका छन् । पहिलो चरणको अडिसनमा कोरियोग्रँफर कला सुब्बा र गायक तथा सङ्गीतकार धनीराम राई निर्णायकको रूपमा रहेका थिए ।

ब्राइट ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यो प्रतियोगिताबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई यसै सातादेखि प्रशिक्षणमा सहभागी गराइने आयोजक संस्थाका प्रमुख धनीराम राईले जनाएका छन् । प्रतियोगिताको कोरियोग्राफी कला सुब्बाले गर्नेछिन् । टु“डिखेलमा आयोजना हुने ग्रँण्ड फिनालेका विजेतालाई कार उपहार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

पहिलो चरणको प्रतियोगिताबाट प्रियंका पुरी, पूजा आङ्देम्बे, सलिना गुरुङ, सोफिया लिम्बु, आरती राई, निर्मला तामाङ, सञ्जु लिम्बु, साइना सुब्बा, देवी मगर, ईन्द्रा राई, ऐश्वर्य राई, इन्जिता राई, प्रभा राई, आइशा राई, रश्मी आले, सिमरन लामा, जस्मिन मानन्धर, लेना राई, सम्पूर्ण राई तथा मेरिना तुस्मा छनोट भएका छन् ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरु एक महिना लामो प्रशिक्षणमा सक्रिय हुनेछन् । त्यसक्रममा उनीहरूलाई क्याटवाक, व्यक्तित्व विकास, खेलकुदसहितका विधामा प्रशिक्षण दिइने छ ।

प्रतियोगिताको ग्रान्ड फिनाले मङ्सिर १७ गते काठमाडौँमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया