अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

कास्कीमा १२ जना महिलाले चुनावी प्रतिस्पर्धा गर्दै

बिआरटीनेपाल २०७४ कार्तिक १८ गते ९:१२ मा प्रकाशित

मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा १२ जना महिलाले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका कूल १०१ उम्मेदवारमध्ये प्रतिनिधि सभाका लागि चार र प्रदेश सभा आठजना महिलाले टिकट पाएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट उमा दर्लामी, राष्ट्रिय जनमोर्चाबाट दालकुमारी खत्री, संंघीय समाजवादी फोरम नेपालबाट रत्न भट्टचन र नेपाल दलित पार्टीबाट लक्ष्मी विश्वकर्माले उम्मेदवारी दिनुभएको छ ।

यस्तै प्रदेश सभा क्षेत्र नं १ (क) मा मंगोल नेशनल अर्गनाइजेशनबाट जानु गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट सीता श्रीस मगर, (ख)मा सङ्घीय समाजवादी फोरम नेपालबाट काशीमाया गुरुङले मनोनयन दर्ता गराउनुभएको छ ।

यसरी नै प्रदेश नं २ (क)मा राप्रपाबाट विष्णु खड्का, (ख)मा नेपाल दलित पार्टीका मिठु परियार, प्रदेश नं ३ (क) मा नेपाली काँग्रेसबाट शारदा पौडेल, (ख)मा नेपाल दलित पार्टीबाट कमला विक र राप्रपाबाट धनुमाया कोइराला आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनबाट भने महिलालाई टिकट दिइएको छैन ।

जिल्लाका प्रतिनिधि सभाका तीन र प्रदेश सभाका छ निर्वाचन क्षेत्रमा गरी चार स्वतन्त्रसहित १०१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू