अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

‘प्रज्ञापारमिता सूत्र’ पहिलोपटक नेपालीमा अनुवाद हुँदै

बिआरटीनेपाल २०७४ कार्तिक १८ गते ९:०२ मा प्रकाशित

भगवान् बुद्धको अत्यन्त महत्त्वपूर्ण वचन ‘प्रज्ञापारमिता सूत्र’ लाई पहिलोपटक नेपालीमा अनुवाद गरिने भएको छ । बुद्धवचन अनुवाद समिति नेपालले सर्वसाधारण नेपाली बौद्ध धर्मावलम्बीको अध्ययन सहजताका लागि भोट भाषामा लिपिबद्ध गरिएको ‘प्रज्ञापारमिता सूत्र’ लाई नेपाली भाषामा ल्याउन लागिएको हो ।

यही कात्तिम २४ गतेदेखि सुरु गरिने अनुवाद करिब तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको ‘प्रज्ञापारमिता सूत्र’ मा एकलाख २८ हजार श्लोकसहितका तर्क छन् ।

शून्यताको ज्ञानलाई सहज तरिकाले बुझाउन यी तर्क प्रयोग गर्ने गरिन्छ । कुनै पनि चिजको स्वतन्त्र अस्तित्व छैन, वस्तुको अस्तित्व जोगाउन एक अर्कामा निर्भर हुनुपर्छ भन्ने सन्देश यसमा पाइन्छ । बौद्ध साहित्य तथा दर्शन अध्ययनका क्षेत्रमा ती सूत्रलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।

सातऔँ शताब्दीको सेरोफेरोमा संस्कृतबाट भोट भाषामा अनुवाद गरिएको ‘प्रज्ञापारमिता सूत्र’ मा १६ ठेली छन् । एक ठेलीमा करिब ६०० पृष्ठ समावेश गरिएको छ । करिब रु तीन करोडको लागतमा ‘प्रज्ञापारमिता सूत्र’ को अनुवाद सम्पन्न गरिने अनुवाद समितिका अध्यक्ष टीका शेर्पाले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू