अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

गोरखापत्र संस्थानको महाप्रबन्धकमा वसन्तप्रकाश उपाध्याय नियुक्त

बिआरटीनेपाल २०७४ मंसिर २५ गते १५:२१ मा प्रकाशित

काठमाडौँ, २५ मंसिर

 

गोरखापत्र संस्थानको महाप्रबन्धकमा वसन्तप्रकाश उपाध्याय भएका छन् । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल ‘गोरखापत्र’ दैनिकका कार्यकारी सम्पादक उपाध्यायलाई चार वर्षका लागि गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको हो ।

विसं २०४८ मा ‘गोरखापत्र’मा उपसम्पादकबाट सेवा प्रवेश गरेका पत्रकार उपाध्यायले ‘राजधानी’, ‘जनमत’लगायत साप्ताहिक पत्रिका का साथै गोरखापत्र संस्थानको सहप्रकाशन ‘अप्सरा’ र ‘मधुपर्क’ पत्रिकामा सम्पादकको रुपमा काम गरिसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू