अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

अफगान सुरक्षा बलको कारबाहीमा ९ जना आइएस आतङ्ककारीको  मृत्यु

बिआरटीनेपाल २०७४ मंसिर २५ गते १२:३३ मा प्रकाशित

 अफगानिस्तान, २५ मंसिर

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले आइतबार बिहान गरेको कारबाहीका क्रममा नौजना आइएस सशस्त्र आतङ्ककारी मारिएका छन् ।  यस कारबाहीका क्रममा अन्य चारजना आतङ्ककारी घाइते समेत भएका पनि समाचारमा जनाइएको छ ।

यस कारबाहीका क्रममा नौजना इस्लामिक स्टेटस् (आइएस)का आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ता अताउल्लाह खोग्यानीले सोमबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।

नान्गाहार प्रान्तको एक जिल्लामा लुकेर बसेका आतङ्ककारीलक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिनुका साथै घाइते भएका थिए । उनीहरुलाई केही तालिबानका लडाकूले संरक्षण दिएको पनि खुलेको छ ।

यस कारबाहीका क्रममा आइएस लडाकू लुकेर बस्ने गरेका केही बासस्थानसमेत ध्वस्त भएको र हातहतियारसमेत बरामद गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

नान्गाहार प्रान्तमा आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ । अफगान र अन्तर्राष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीका क्रममा आइएसका सयौँ सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन् ।

सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो । जसका कारण दर्जनौँ लडाकूले ज्यान गुमाएका थिए । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू