अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

फेरी कड्किए ट्रम्प आप्रवासी विरुद्ध -‘अमेरिकाले अरू देशको कुरा सुन्दैन’

बिआरटीनेपाल २०७४ मंसिर २४ गते १८:२५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी मामिलामा अरू देशको कुरा नसुन्ने बताएका छन् ।

उनले आप्रवासी मामिलामा लिएको नीति र गरेको निर्णयप्रति आलोचना भइरहेको छ । त्यस्तो आलोचनाको प्रतिक्रिया स्वरूप ट्रम्पको पछिल्लो भनाइ आएको हो । ‘हाम्रो अध्यागमन कसरी सञ्चालन गर्ने भन्ने देशहरूको कुरा हामी सुन्दैनौं,’ पेन्साकोला, फ्लोरिडामा एक ¥यालीलाई सम्बोधन गर्दै उनले भने ।

उनले सीमा सुरक्षा प्रशासन पनि कडा बनाउनु पर्ने बताए । ‘हामी सबैभन्दा सुरक्षित र भरपर्दो सीमा चहान्छौं,’ उनले भने, ‘हामी एक एक गरेर गैरकानूनी रूपमा आएका विदेशी लागु औषधका कारोबारी, त्यस्ता गिरोहका सदस्य, चोर, अपराधी, हाम्रा बालबालिकालाई निशाना बनाइरहेकाहरु, सबैलाई निशाना बनाइरहेकाहरु खोजिरहेका छौँ । उनीहरूलाई हाम्रो देशबाट निकाल्छौं, नभए जेलमा कोच्छौं ।’

उनले आप्रवासनका सम्बन्धमा लिइने नीतिको लामो सूची नै प्रस्तुत गरे । उनले केट स्टेन्ली मुद्धालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आप्रवासी नीति कडा बनाउनु पर्ने आवश्यकता रहेको बताए । मेक्सिकोबाट आएका एक अवैधानिक आप्रबासीले चलाएको गोलीबाट सान फ्रान्सिस्कोमा स्टेन्ली सन् २०१५ मा मारिएकी थिइन् । हालै अदालतले मृत्यु अभियोगमा ती आप्रवासीलाई निर्दोष भएको निर्णय गरेको छ । ती आप्रवासीलाई यसअघि ५ पटक देश फिर्ता पठाइएको थियो ।

‘यो कङ्ग्रेसले अमेरिकामूखी आप्रवासी नीति लिनुपर्ने बेला हो । कङ्ग्रेसका हरेक सदस्यले यी विषयमा उनीहरू कहाँ उभिने भनेर बुझ्नु आवश्यक छ । स्यांचुअरी सिटीहरुको कोष कटौती गर्नुपर्छ । म स्यांचुअरी सिटीहरुलाई पैसा दिन चहान्न । केट्स ल पारित गरेर यस्ता अपराधीहरुलाई जेलमा कोच्नुपर्छ,’ ट्रम्पले भने ।

उनले सीमा सुरक्षा अधिकारी थप्ने, नयाँ आप्रवासी आर्थिक रूपमा सक्षम भएको र उनीहरू राज्यले दिने सुविधामा भर नपर्ने सुनिश्चित गर्ने बताए । ‘आप्रवासी गुणका आधारमा आउनुपर्छ, चिठ्ठाका आधारमा होइन,’ उनले भने । ट्रम्पले रोय मोरलाई भोट माग्ने क्रममा आयोजित र्यालीलाई सम्बोधन गर्दै यी कुरा बताएका हुन् । मोरमाथि यौन दुब्यबहारको अभियोग लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू