अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

सिन्धुपाल्चोकमा बाम गठबन्धनको अग्रता कायमै

बिआरटीनेपाल २०७४ मंसिर २१ गते २०:०५ मा प्रकाशित

 प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा बाम गठबन्धनले सुरुदेखि नै निरन्तर अग्रता लिइरहेको छ ।    सिन्धुपाल्चोक–१ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले निरन्तर ४ हजार मतको अग्रता बनाएका छन् । सुरुदेखि नै अग्रता हाँसिल गरेका उनले ९ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् ।

कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत झण्डै दोब्बर मतले पछाडि परेका छन् । उनले ५ हजार ३ सय १८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा हालसम्म १६ हजार ५ सय ५४ मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बाम र लोकतान्त्रिक उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को मतगणना रोचक बनिरहेको छ । हरेक पटक मत परिमाण सार्वजनिक गर्दा उम्मेदवारले एकले अर्कालाई पछि पारिरहेका छन् ।

रातभरजसो अग्रता लिइरहेका राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणा बिहानीपखदेखि पछाडि परेका छन् । सुरुवाती अग्रता पनि राणाले नै लिएका थिए । राणा र तामाङबीच प्रतिस्र्धा पनि निकै रोचक छ । उनीहरुबीच तीव्र प्रतिपस्र्धा भइरहेको छ । कहिले राणा त कहिले तामाङ अघिपछि भइरहेका छन् । पछिल्लो अपडेटअनुसार तामाङले ७ हजार ६ सय ३१ मत पाएका छन् भने राणाले ७ हजार १ सय ४१ मतसहित पछ्याइरहेका छन् । यो क्षेत्रमा हालसम्म १६ हजार ५ सय ५९ मतगणना भएको छ । नागरिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू