अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

संसारकै ठुलो ३० हजार स्क्वायर फुटको स्टारबक्स चीनमा

बिआरटीनेपाल २०७४ मंसिर २१ गते ११:१३ मा प्रकाशित

चीनको सांघाइमा संसारकै ठुलो स्टारबक्स खुलेको छ । मङ्गलवारदेखि सञ्चालनमा आएको यो स्टारबक्सको क्षेत्रफल ३० हजार स्क्वायर फुट छ ।

यो स्टारबक्समा कफि प्रशोधन पनि गरिन्छ । सियाटलमा रहेको कम्पनीले अमेरिका बाहिर पहिलो पटक कफि प्रशोधनयुक्त स्टाबक्स खोलेको हो । सांघाइमा खुलेको स्टारबक्सको नयाँ शाखा सियाटलमा ३ वर्ष अघि खोलिएको दोस्रो ठुलो स्टारबक्सभन्दा २ गुणा ठुलो छ ।

प्यासिफिक मेनेजमेन्ट कन्सल्टिङ रेस्टुरन्ट विश्लेषक जोन गोर्डनका अनुसार चीन स्टारबक्सका लागि महत्त्वपूर्ण ठुलो बजार हो । खुद्रा बजारमा कडा प्रतिस्पर्धाका कारण पछिल्लो समय स्टारबक्सको व्यापार वृद्धि निराशाजनक छ । तर, चीनमा स्टारबक्सको व्यापार फस्टाइरहेको छ । गत वर्ष तेस्रो त्रैमासिकको तुलनामा यस पटक त्यहाँ ८ प्रतिशतले व्यापार वृद्धि भएको छ । त्यही भएर हरेक १५ घण्टामा चीनमा स्टारबक्सको एउटा नयाँ शाखा खुलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू