अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

नेपाली जनसम्पर्क समिति अमेरिकाको गगन थापा बम आक्रमण सम्बन्धी प्रेस- विज्ञप्ति

बिआरटीनेपाल २०७४ मंसिर २० गते १०:२४ मा प्रकाशित

नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र न.४को प्रतिनिधि सभाको प्रस्ताविक उम्मेदवार श्री गगन कुमार थापा र उनका समर्थकमाथि सोमबार दिउँसो बुढानीलकण्ठको चपलीमा भएको क्रूरता,बर्बर आततायी बम आक्रमणको नेपाली
जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।

ज्यानै लिने उदेश्यले गरिएको यो बम आक्रमणमा परी घाइते हुनुभएका युवा नेता गगन कुमार थापा लगायत अन्य घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, यस घटनामा सम्लग्न आतंककारी अपराधीलाई छिटो पहिचान गरी कडा कानुनी कारबाही गरेर, शान्ति सुव्यवस्था कायम गर्न समेत नेपाली जनसम्पर्क समिति अमेरिका सरकार सँग जोडदार माग राख्दछ । यो आक्रमण काँग्रेस विरुद्ध मात्र नभई लोकतन्त्र र जनताको मतदान अधिकारमाथिकै निर्मम प्रहार भएकोले आम लोकतन्त्रबादी नेपाली जनता र दलहरू यति बेला एक ढिक्का भएर, अधिनायकवाद र पुनरुत्थानवादी शक्तिहरूको विरुद्धमा लड्नु पर्दछ ।निर्वाचन बिथोल्ने उदेश्यले गरेको विगतका बम बिष्पोटहरूको पनि निन्दा गर्दै यो वोलामा सबै लोकतन्त्रवादी शक्तिहरू एक जुड भएर उभिन्नु पर्दछ ।

बिशेषत:सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान मुलुकले प्राप्त गरे पछि, लामो समय देखि अल्मलिएर बसेका राजनीतिक विषय वस्तुहरूको अन्त्य गर्दै अहिले देश लोकतान्त्रिक राज्य व्यवस्थाको एउटा नयाँ युगमा प्रवेश गरेको छ । यो संविधानले राज्य शक्तिको स्रोत नेपाली जनतामा निहित राख्दै, जनताको सर्वोच्चता र सम्प्रभुता स्थापित गरेको छ। यसरी नेपाली जनता र लोकतन्त्रलाई चुरोमा राखेर जननिर्वाचित प्रतिनिधिद्वारा निर्माण गरिएको संविधानलाई स्थापित र कार्यान्वयन गाराउँने गहन दायित्व र जिम्मेवारी अहिले आम लोकतन्त्रवादी नेपाली नागरिक र राजनैतिक दलहरूको काँधमा आएको छ ।

यही लोकतान्त्रिक संविधान र राज्यव्यवस्था प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि स्थापित र कार्यान्वयन हुन्छ भन्ने त्रासले अतालिएर, छटपट्टिएर अलोकतान्त्रिक शक्तिहरू यति बेला निर्वाचन बिथोल्न लागिपरेका छन् । हत्या, हिंसा र आतंककोबाटो पहिल्याउँदै मुलुकलाई अस्थिर, अराजक बनाई अन्तत्वगत्व सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न लागिपरेका छन् । त्यसैले यो वेलामा सबै लोकतान्त्रवादी दलहरू, शक्तिहरू, देश विदेशमा रहेका आम लोकतन्त्र प्रेमी नेपाली नागरिकहरूले यो जनमत सङ्ग्रह जस्तो निर्वाचनमा एक ढिक्का भएर नागरिक सर्वोच्चता, लोकतन्त्र, लोकतान्त्रिक राज्य व्यवस्था, राष्ट्रियता र मानवाधिकारको संरक्षण एवं रक्षा गर्नका निमित्त मङ्सिर २१मा हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्दनको उमेदवारहरूलाई मतदान गरिदिनहुन र मतदानगर्ने वातावरणको सृजना समेत बनाईदिनहुन नेपाली जनसम्पर्क समिति पुन: हार्दिक बिनम्र अनुरोध गर्दछ ।

निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा हुनुपर्दछ । निर्वाचन भनेको अति सामान्य नागरिकले समेत राजनीतिलाई (राजनीतिक दलहरूलाई) प्रत्यक्ष हस्तक्षेप गर्ने एउटा सुवर्ण मौका र अवसर हो । त्यसैले दलहरू प्रतिका आफ्ना आक्रोसहरू, असन्तुष्टिहरू हामी नागरिकले आफ्नो अमूल्य मत दिएर दण्ड र न्याय पोख्नु पर्छ । उत्तेजनाले होइन चेतनाले हाम्रो समाज बदल्नु पर्छ । यो २१ औँ शताब्दीमा बन्दुकले विचारलाई होइन, विचारले बन्दुकलाई शासन गर्नु पर्दछ । त्यसैले बन्दुक पड्काएर, बमले आक्रमण गरेर आतङ्क मच्चाई निर्वाचनलाई बिथोल्ने काम कसैले नगरौं, सबै नेपालीहरूले आफ्नो अमूल्य मत आफ्नो रूचीकर दललाई भयरहित ( शान्तिपूर्ण) ढङ्गले खसाल्ने वातावरण बनाऔं । नागरिक सर्वोच्चला र लोकतन्त्रलाई बचाऔं

शान्तिपूर्ण ढङ्गले निर्वाचनलाई सम्पन्न गराऔं।

धन्यवाद, जय नेपाल !
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका

प्रतिक्रिया