अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

सुरक्षा व्यवस्थाबारे गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसंग मानव अधिकार आयोगको छलफल

बिआरटीनेपाल २०७४ मंसिर २० गते ५:१३ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूवीच सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ । निर्वाचन अनुगमनका उच्चस्तरीय अनुगमन टोली गठन लागि आयोगले निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन बुधबार गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूवीच सुरक्षा व्यवस्थाबारे छलफल गरेको हो ।

यस बिषयमा प्रेश विज्ञप्ती जारी गर्दै आयोगले भनेको छ: राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८’ बमोजिम आयोगका माननीय अध्यक्ष श्री अनूप राज शर्माको नेतृत्व सहितको मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज, कानुन व्यवसायी संयूक्त राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि संलग्न रहेको उच्चस्तरीय अनुगमन टोलीहरू गठन गरेको छ । टोलीले काठमाण्डौं उपत्यका लगायत आवश्यकता अनुसार अन्यस्थानहरू समेतको अनुगमन गर्नेछ । 

यसका साथै, आयोगले निर्वाचन सुरक्षा व्यवस्था तथा मानव अधिकारको उचित सम्मान र संरक्षणका लागि भएका प्रयासहरूबारे आजै राष्ट्रिय मानव अधिकार आयोग र नेपाल सरकारका गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूवीच छलफल गरेकोे छ । सो अवसरमा आयोगका अध्यक्ष अनूप राज शर्माले निर्वाचनलाई शान्तिपूर्ण तथा मानव अधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि समर्पित रहन सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गर्नुभएको छ । उहाँले मतदाताहरू सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुनसके मात्र मतदान प्रक्रिया विश्वसनीय र सफल हुने विचार व्यक्त गर्नुभएको छ । छलफलका क्रममा गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचन सुरक्षा व्यवस्था मानव अधिकारको प्रत्याभूति हुने ढङ्गबाट गरिएको बताउनुभएको छ । 

प्रतिक्रिया