अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 11:58

ईश्वरका पाईलाहरु

शान्तिराम ढकाल २०७४ मंसिर १९ गते २३:५८ मा प्रकाशित

रामहरी आज शहर जॉंदैछन । धेरै भयो छोरा संग भेट नभएको ,छोरालाई साना देखि पढ्न शहरमा राखेका थिए । रामहरीले उमेर ढल्कीए पछीहरिवंश पुराण समेत लगाएर जन्मिएको थियो उनको छोरो दिपशेखर ।दिप शेखरलाइ भेट्न पहिले पहिले त दुइ तिन महिनामा आमा बाबा दुबै जान्थे तर आज रामहरी एक्लै जॉंदैछन आजै फर्कने गरि आमाले बनाईदिएको खानेकुरा समेत लिएर जॉंदैछन ।

उनको छोरो पढ़ी सकेर ठुलो जागीरे भएको छ ,शहरमा सबैले उसलाई खुब मान्छन गाड़ी छ घर छ अर्दलीहरु छन ।उनलाई भेट्न समय लिएर जानु पर्छ सम्मानित छन ठुलो अफिसको हाकिम हुन दिपशेखर । पोहोर साल राम्री बुहारी भित्र्याएका छन गॉँउकोहैसियत आफ्नो बुता भन्दा धेरै ख़र्च गरेर छोराको बिहे गरिदिएका थिए उनले , गॉंउनै ब्यस्त थियो खुसीमा बुहारी पनि बत्तीस लक्षणले युक्तभित्रयाएका छन ।सारै राम्रो छ गॉंउमा ठुलो इज़्ज़त छ रामहरीको अझै छोराको प्रगतिले उनलाई ठुलो सम्मान दिलाएको उदाहरण दिन्छनगॉंउका बा आमाहरुले छोरो त दिपशेखर जस्तो हुनु पर्छ भनेर ।

उनि छोराको प्रगती सम्झदै गर्दा शहर पुगिसकेछन बसको कण्डक्टरले उनलाई उत्रने ठॉँउ आई पुग्यो भने पछि उनि झस्किएर हतार हतारउत्रिए अनि सिधै छोराको अफिस तर्फ लम्किए । अफिस रोड बाट नजिकै थियो । अर्दलिहरुले पनि रामहरीलाई चिन्दथे नरोकी कन गेटखोलिदिए उनि सरासर छोराको अफिसमा पुगे छोरो कुर्सीबाट उठेर बा को सम्मुख खुट्टामा निहुरिंदै गर्दा रामहरीले दुबै पाखुरामा समाएर उठाए, हातले शिरमा आशिर्वाद दिए अनि त्तकालै सोधे छोरा संसारमा को शक्तिशाली छ भन त ?

दिपशेखरले जवाफ फर्काए म सबै भन्दा शक्तिशाली छु बाबा १ रामहरीले आशिर्वाद दिइरहेका दुबै हात तल झारेर मनमा सम्झे छोरो घमण्डीभएछ मैले पढाउन त सकें तर शिक्षा दिन सकिन छु छोराको अहमता कत्रो बढेछ भनेर ढोका खोलेर निस्कनै लाग्दा उनलाई फेरी एक पटकत्यही प्रश्न गर्न मन लाग्यो छोरो यसरी किन घमण्डी भयो भन्ने मनमा कौतुहलता जाग्यो उनलाई अनि फेरी सोधे दिपशेखर तिमीले भनेकोसॉंच्चै हो त सबै भन्दा शक्तिशाली को हो भन त ?

दिपशेखरले भने मेरो लागि यो संसारमा सबै भन्दा शक्तिशाली ईश्वर हो भगवन हो छक्क परे रामहरी अनि सोधे अगि त तिमीले सबै भन्दा शक्तिशाली ऑंफुलाई भन्दै थियौ त अनि मैले त सम्झे तिमीमा ठुलै घमण्ड पलाएछ हैन र ?

हो त्यतिबेला मेरो शिरमा हजुरका हातहरुले आशिर्वाद दिइरहेका थिए नि त बुबा । मेरो ईश्वरका हातहरु मेरो शिरमा थिए अनि त्यो बेला मजति शक्तिशाली को हुन सक्छ र बुबा ।

रामहरी गर्वले खुसीका ऑंशुले ऑँखा भरिलो पार्दै अर्को महिना ऑंउला घरमा तिम्रो आमा एक्लै छिन भनेर निस्किए बार्दलीमा दिपशेखरका ऑंखाहरु एकटक भएर बुबा बस चढुन्जेल सम्म नझिम्काइ हेरिरहेका थिए ईश्वरका पाईलाहरु ।

 

प्रतिक्रिया