अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

दरबारमार्गको ‘क्लब डेजाभू’मा गायक नविन के भट्टराईको लाइभ कन्सर्ट हुँदै

बिआरटीनेपाल २०७४ मंसिर १९ गते ५:१५ मा प्रकाशित

लोकप्रिय पप गायक नविन के भट्टराई काठमाडौंमा आयोजना हुने एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन् । पुस १ गते शनिवार दरबारमार्ग स्थित क्लब डेजाभूमा आयोजना हुने ‘एनकेबी भाइब्स’ शीर्षकको सांगीतिक कार्यक्रममा गायक भट्टराई अतृप्त ब्याण्डसंगै लाइभ कन्सर्टमा प्रस्तुत हुन लागेका हुन् ।

सा“झ ७ बजेपछि प्रारम्भ हुने उक्त कन्सर्टमा गायक भट्टराईले झन्डै दुई दर्जन लोकप्रिय गीत–संगीत प्रस्तुत गर्ने आयोजक संस्था टच ईन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्सले जनाएको छ । गायक भट्टराई आवद्ध अतृप्त ब्याण्डमा भने चार जना संगीतकर्मी छन् । ब्याण्डमा प्रभात रिसाल ड्रमरको रुपमा छन् भने धिरज क्षेत्री ब्याक भोकल तथा रिदम गिटारिष्टको रुपमा आवद्ध छन् । भाष्कर राज घिमिरे लिड गिटारिष्टको रुपमा आवद्ध ब्याण्डमा चन्दन दर्शनधारी बास गिटारिष्टको रुपमा सक्रिय छन् ।

गायक भट्टराईको लाइभ कन्सर्ट लगत्तै क्लबमा डिजे सेसन सञ्चालन गरिने आयोजक संस्थाका प्रमुख एसराज गराचले जनाएका छन् । डिजे शिशिर तथा गायिका बबिता मानन्धर डिजे सेसनको आकर्षणको रुपमा रहने छन् भने डिजे रोलिङ तथा डिजे आशिक पनि डिजे सेसनमा सहभागि हुनेछन् । कन्सर्टमा ओसिन सिटौला उद्घोषिकाको रुपमा रहने कन्सर्टका इभेन्ट मेनेजर जोर्डन राजभण्डारीले जनाएका छन् ।

 

प्रतिक्रिया